अबैध धन्दा गर्न पतिसंग ‘डिभोर्स’ गर्ने महिला

छोटु नामले परिचित जोगवनीका नामुद लागुऔषध कारोवारीसंग उनको सम्पर्क रहेको प्रहरीले जनाएको छ । छोटुले संचालन गरेको लागुऔषधको डिलरबाट मीना नेपालमा लागुऔषध भित्राउने काममा सक्रिय रहेको प्रहरीले जनाएको छ । छोटुले उनलाई विराटनगर स्थित सम्पर्क व्यक्तिका रुपमा राखेर नेपालमा लागुऔषध भित्राउने गरिरहेको खुलेको छ । उनले लागुऔषधको कारोवार गर्नकै लागि पति राजा रामसंग तीन वर्ष अघि सम्बन्ध विच्छेद (डिभोर्स) समेत गरेको खुलेको छ । ‘कपडा तस्करी गरिरहेकी उनी पतिसंग सम्बन्ध विच्छेद गरेर लागुऔषधको धन्दामा लागेको पाइयो,’ उनका सम्बन्धमा अनुसन्धान गरिरहेका एक प्रहरी अधिकारीले भने, ‘उनले विराटनगरमा डेरा नै खोजेर स्टोर गर्दै जोगवनीबाट ल्याएको लागुऔषध नेपालका विभिन्न ठाउँमा पु¥याउने गरेको पत्ता लाग्यो ।’
उनले मासिक दुई हजार रुपैयाँ भाडा तिरेर विराटनगर ९ मा डेरा नै लिएर बसेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले बताए । उनका अनुसार प्रहरीको लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले मीनालाई गत शुक्रबार साँझ उनकै डेराबाट पक्राउ गरेर कारवाहीका लागि मोरङ प्रहरीको जिम्मा लगाएको छ । मीनाको कोठाबाट प्रहरीले एक सय ५० एम्पुल टिडिजेसिक र २५ बोतल डाईलेक्स डिसी बरामद गरेको छ । डाईलेक्स डिसी नाम तलर लागुऔषध तेल हालिने रातो ग्यालेन भित्र हालेको अवस्थामा बरामद भएको हो । टिडिजेसिक भने कागजमा पोको पारेको अवस्थाम फेला परेको प्रहरीले जनाएको छ ।
डीएसपी श्रेष्ठले मीना विरुद्ध लागुऔषध ऐन अन्तर्गतको मुद्धा चलाउन आइतबार जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान सुरु गरिएको बताए । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट ग्रामीण क्षेत्रमा घर भए पनि मीनाले लागूऔषधकै कारोवार संचालन गर्न पतिसंग सम्बन्ध विच्छेद गरेर विराटनगरमा डेरा लिएर बसेको खुलेको हो । डीएसपी श्रेष्ठका अनुसार मीनाका पति राजा राम चार वर्षदेखि प्यारालाईसिसले थलिएका छन् । प्यारालाईसिसले पति अपाङ्ता बनेपछि सम्बन्ध विच्छेद गरेर उनी अलग्गै बस्दै आएको प्रहरीले जनाएको छ । अपाङ्गता भएका पति र १५ वर्ष मुनीका चार सन्तानलाई घरमै छाडेर मीना भने तीन वर्षदेखि डेरामा एक्लै बस्दै लागुऔषधको अवैध धन्दामा सक्रिय रहेको खुलेको डीएसपी श्रेष्ठले बताए । मीनामाथि गरिने अनुसन्धान र प्राप्त सूचनाका आधारमा लागुऔषध कारोवारी सञ्जाल भत्काउन प्रहरी लागि परेको श्रेष्ठको भनाइ छ । प्रहरीले यस घटनालाई भारतको जोगवनीमा खुल्लेआम रुपमा किनबेच हुने लागुऔषध त्यहाँबाट ल्याएर नेपालका विभिन्न ठाउँसम्म पु¥याउन विराटनगरमा डेराको बसाईलाई रोज्ने गरेको रुपमा लिएको छ ।
डेरा बस्ने नाममा डेराबाट लागूऔषध अन्यत्र ‘सप्लाई’ गर्ने धन्दामा ठूलै गिरोहको संलग्नता रहेको हुन सक्ने प्रहरी आशंका छ । ‘घर हुँदाहुँदै परिवारका सदस्य समेतलाई छाडेर मीनाले लागुऔषधको ‘सप्लाई’ गर्न थालेको खुल्यो,’ डीएसपी श्रेष्ठले भने, ‘यसका अन्य भित्री पाटाका रुपमा पनि प्रहरीले अनुसन्धान गरिरहेको छ ।’ विशेष सूचनाका आधारमा उनको कोठामा छापा हान्न पुगेको प्रहरीले मीनाको डेराबाट लागुऔषध बरामद गरेको हो । भारतीय बजारमा १५ हजार भन्दा कम मूल्यमा पाइने उक्त लागुऔषध उनले भारतीय डिलर संचालकसंगको समन्वयमा ४० हजार रुपैयाँमा बिक्री गर्न खोजेको जानकारी प्रहरीले दिएको छ । कपडाको तस्करी चलाउँदै गर्दा जोगवनीस्थित लागुऔषधको डिलर संचालन गरेर बसेकासंग सम्पर्कमा पुगेपछि मीनाले लागुऔषध नेपालमा भित्राउने धन्दा सुरु गरेको प्रहरीको प्रारम्भिक अनुसन्धाबाट खुलेको छ । भारतमा लागुऔषधका डिलर चलाएर बसेका छोटुको पूरै नाम र ठेगाना भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।
‘लागुऔषध ओसारपसार र कारोवार गर्ने ठूलै गिरोह सक्रिय रहेको पाइयो,’ प्रहरीका एक अधिकारीले भने, ‘प्राप्त सूचना र अनुसन्धानबाट खुलेको तथ्यका आधारमा कारोवारीको सञ्जाल भत्काउने हिसावमा प्रहरी अघि बढिसकेको छ ।’ जोगवनीको छोटुले विराटनगरमा सम्पर्क गर्ने व्यक्तिलाई दिनु भनेपछि उसले थमाएको वस्तु आफूले लिएर आएको तर आफूलाई त्यो वस्तु लागुऔषध हो भन्ने कुरा थाहा नभएको मीनाले बताएकी छन् ।
डीएसपी श्रेष्ठले डेराबाटै लागुऔषधको ‘सप्लाई’ हुने गरेको नयाँ घटना सार्वजनिक भएपछि विराटनगरमा डेरा गरेर बस्नेहरुमाथि प्रहरीले निगरानी बढाउन थालेको बताए । कसैलाई डेरा दिने बारेमा घरधनी पनि सजग हुनु पर्ने बेला आएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक

कुम्भ मेलाले धार्मिक पर्यटक बढाएको छ : सभामुख घिमिरे

 वैशाख २३ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सुनसरीको चतरामा लागेको महाकुम्भ भेलाले आन्तरिक तथा बाहय

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र