सिन्धुपाल्चोक पुगेर बम्जनमाथि अनुसन्धान शुरू गर्दै प्रहरी

Related image

पुस २०, काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले ‘तपस्वी’ रामबहादुर बम्जनको आश्रमस्थल सिन्धुपाल्चोक पुगेर बम्जनमाथि अनुसन्धान सुरु गरेको छ ।

बम्जनको आश्रममा गएका अनुयायीहरु बेपत्ता भएको तथा आश्रममा हत्या हिंसा, बलात्कार हुने गरेको खबर बाहिरिएपछि प्रहरीले यसको सत्य तथ्य पत्ता लगाउन अनुसन्धान थालेको हो ।

बम्जनविरुद्ध उजुरी परेका जिल्लाहरुमा सम्बन्धित प्रहरी कार्यालयलाई अनुसन्धान गर्न निर्देशन दिइएकाे छ ।

बम्जन अहिले सिन्धुलीको आश्रममा रहेको प्रहरीले जनाएको छ। उनलाई प्रहरीले चौबीसै घन्टा निगरानीमा राखेको छ।

गत शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गर्दै पीडित परिवारले बम्जनको आश्रमबाट बेपत्ता भएकाहरुको खोजी गर्न माग गरेका थिए। बम्जनको आश्रमबाट चार जना बेपत्ता भएको पीडित परिवारले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

भदौ २३–२४ को घटनाबारे गहिरो अनुसन्धान आवश्यक, विदेशी जासुसी संलग्नताको आशंका :रविन्द्र मिश्र

काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज