परिमार्जनसहित पारित भयो ओली–प्रचण्डको प्रतिवेदन

 

नेकपा बैठकः सांगठनिक एकताका लागि ८ सदस्यीय कार्यदल

पुस १३, काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समितिको बैठकले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) ले पेश गरेको राजनीतिक–सांगठनिक प्रतिवेदन परिमार्जनसहित पारित गरेको छ ।

अध्यक्षद्वय ओली र दाहालले पेश गरेको प्रतिवेदन शुक्रबार बिहान बसेको बैठकले परिमार्जनसहित पारित गरेको हो । परिमार्जित प्रतिवेदनमा स्थायी समितिका सदस्यहरुले व्यक्त गरेका सल्लाह सुझाव र विचारलाई समेटिने बताइएको छ ।

मंसिर २९ गतेबाट सुरु भएको स्थायी समितको बैठकमा बिहीबार प्रधानमन्त्रीले सदस्यहरुले उठाएका पार्टी एकता टुंगो लगाउन नसकेको तथा जनअपेक्षा अनुसार काम नभएको लगायतका प्रश्नमाथि जवाफ पेश गरेका थिए । परिमार्जनसहित पारित प्रतिवेदनमा कुन–कुन विचार समेट्ने भन्ने विषयमा कुनै निर्णय भएको छैन ।

त्यस्तै बैठकले संगठनात्मक एकताबारे गृहकार्य गर्न ८ सदस्यीय कार्यदल गठन गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

कार्यदलमा महासचिव बिष्णु पौडेल, रामबहादुर थापा, शंकर पोखरेल, बर्षमान पुन, योगेश भट्टराई लेखराज भट्ट, सुरेन्द्र पाण्डे र बेदुराम भूषाल छन्। कार्यदलले पुस मसान्तभित्र पार्टीको साांगठनिक एकिकरणको काम सम्पन्न गर्ने निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

देखासिखी संस्कृतिलाई कडा कानुन बनाएर नियन्त्रण गर्न जरुरी

  अधिवक्ता: तारा निधि पन्त सरलता, आध्यात्मिकता र सामुदायिक भावनामा आधारित रहेको नेपाली संस्कृति आज

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले