December 18, 2018

श्रमिकको भविष्यमाथि खेलवाड गर्नेलाई उन्मुक्ति दिइँदैन: गोकर्ण विष्ट

पुस ३, काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्टले वैदेशिक रोजगारीमा विद्यमान रहेका विकृति, विसंगति तथा अपारदर्शीताले निरन्तरता नपाउने बताएका छन् ।

१८ औँ विश्व आप्रवासन दिवसका अवसरमा वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले मंगलबार राजधानीमा आयोजना गरेको ‘वैदेशिक रोजगारीः अबको बाटो’ अन्तक्र्रिया कार्यक्रममा बोल्दै मन्त्री विष्टले यस्तो बताएका हुन् । ‘वैदेशिक रोजगारीमा विद्यमान रहेका विकृतिहरुलाई कायमै राखेर लाखौँ श्रमिकहरुको जिन्दगीलाई धरापमा पर्न दिन्न’, उनले भने ।

कार्यक्रममा उनले वैदेशिक रोजगारीमा गैरकानुनी रुपमा काम गर्ने तथा श्रमिकलाई लुट्ने कुरा कुनै पनि हालतमा स्वीकार्य नहुने भन्दै आम जनताको हितमा सुधार गरिने काम रोक्न कुनै पनि प्रकारका अदृश्य शक्तिका प्रयत्नको कुनै औचित्य नहुने बताए ।

आन्तरिक श्रम बजारभित्र युवालाई उद्यमीसँगै स्वरोजगार बनाउनका लागि योजनाबद्ध रुपमा काम अघि बढेको मन्त्री विष्टको दाबी थियो ।

रोजगारीका नाममा श्रमिकको भविष्यमाथि खेलवाड गर्ने जोसुकैले पनि उन्मुक्ति नपाउने भन्दै मन्त्री विष्टले भने, ‘वैदेशिक रोजगारीमा जाने कामदारको श्रम बेचेर राज गरिरहेकाहरुले यो क्षेत्रमा परिवर्तन हुन नदिनका लागि ठूलो चलखेलसँगै षड्यन्त्र गरिरहेका छन्। वैदेशिक रोजगारीमा राज गरिरहेका विचौलियाको अन्त्य हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

देखासिखी संस्कृतिलाई कडा कानुन बनाएर नियन्त्रण गर्न जरुरी

  अधिवक्ता: तारा निधि पन्त सरलता, आध्यात्मिकता र सामुदायिक भावनामा आधारित रहेको नेपाली संस्कृति आज

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले