नेकपाको परदेश कमिटीको नामावली (तात्कालीन एमाले र माओवादी केन्द्रको सम्पूर्ण नामावलीसहित)

 
 
 

काठमाडौँ, १८, मङ्सिर । पूर्वएमाले र पूर्वमाओवादी मिलेर बनेको नेकपाको सांगठानिक अवस्था अहिले पूर्वमाओवादी जस्तै भद्रगोल छ । पार्टी एकीकरण भएको सात महिना बित्ने लाग्दा बल्ल तल्ल प्रदेश कमिटीको नामावली २०७५ मङ्सिर १७ गते सार्वजनिक भएको छ। 

नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले सात वटै प्रदेश कमिटीमा रहने सदस्यको नामावली सार्वजनिक गर्नुभएको हो । यही मङ्सिर १२ गते बसेको नेकपा सचिवालयको बैठकले प्रदेश कमिटी सदस्यको नामावलीलाई अन्तिम रुप दिएको थियो । नेकपाले यसअघि नै प्रदेश कमिटीका इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष र सचिव टुङ्गो लगाइसकेको छ ।

 

पार्टी एकता भएको करीब छ महीनापछि तत्कालीन नेकपा (एमाले) र तत्कालीन नेकपा (माओवादी केन्द्र)को भागबण्डाका आधारमा नामावली सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको विवरणनुसार प्रदेश नं १ मा २०७ जनाको प्रदेश कमिटी रहनेछ । त्यसमा तत्कालीन एमालेका तर्फबाट १२२ र माओवादी केन्द्रका तर्फबाट ८५ सदस्य छन् ।प्रदेश नं २ मा २१५ जनाको प्रदेश कमिटी गठन हुनेछ । त्यसमा तत्कालीन एमाले र माओवादी केन्द्रबाट समान १०६ जना रहनेछन् भने पार्टी एकतापछि प्रवेश गरेका तीन जनालाई समेत कमिटीमा अटाइएको छ । प्रदेश नं ३ मा तत्कालीन एमालेबाट ११६ र माओवादी केन्द्रबाट १०१ गरी कूल २१७ जना सदस्यीय प्रदेश कमिटी रहनेछ । यस्तै गण्डकी प्रदेश कमिटीको सङ्ख्या १८७ रहनेछ । त्यसमा तत्कालीन एमालेका तर्फबाट १०२ र माओवादी केन्द्रका तर्फबाट ८५ जना सदस्य रहेका छन् ।

प्रदेश नं ५ को कमिटी २०३ सदस्य बन्ने भएको छ । त्यसमा तत्कालीन एमालेका १०६ र माओवादी केन्द्रका ९७ सदस्य छन् । आज सार्वजनिक गरिएको नामावलीमा कर्णाली प्रदेशमा तत्कालीन एमालेका तर्फबाट ८७ र माओवादी केन्द्रका ८८ जना अटाएका छन् । सो प्रदेश कमिटी १७५ सदस्यीय छ । सुदूर पश्चिम प्रदेश कमिटी १८३ सदस्यीय बनेको छ । त्यसमा तत्कालीन एमालेबाट १०० र माओवादी केन्द्रबाट ८३ जना अटाएका छन् ।

२o७५ जेठ ३ गते दुइ ठूला वामपन्थी दलको एकता भएको साढे ६ महिनापछि नेकपाको प्रदेश कमिटी बनेको छ। संचार माध्यमहरुले तीब्र आलोचना गरेपछि २०७५ मङ्सिर १७ गते नेकपाले सातै प्रदेशका प्रदेश कमिटीहरुको नामावली सार्वजनिक गरेको छ। जुन यस प्रकार रहेको छ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 


 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आन्दोलनका मुद्दा फिर्ता र ‘पक्राउ नगर्ने’ मागमा सिंहदरबारमा तनाब

बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

उज्यालो नेपाल पार्टीको घोषणा, सुमना श्रेष्ठ पनि पुगिन् घोषणा सभामा

मंसिर १७, काठमाडौं। सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ, र भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि

प्रचण्ड–माधव र भीम रावलबीच ७ बुँदे सहमती

काठमाडौँ, कार्तिक २६।भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान र *नेपाल कम्युनिस्ट पार्टी (नेकपा)*बीच ७ बुँदे

मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक

काल, कात्तिक १८ गते। मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक छन्। सरकारका प्रवक्ता तथा सूचना प्रविधि मन्त्री