रजनीकान्तको २.०ले ताेड्याे कैयौं रेकर्ड !

१३ मङ्सिर , चेन्नइ : रजनीकान्त र अक्षय कुमारको फिल्म २.० ले पहिलो दिन नै बक्स अफिसमा धमाका गरेको छ । फिल्मको पहिलो दिनको कमाइ यति धेरै छ कि यो फिल्मले कैयौं रेकर्ड ध्वस्त पार्ने निश्चित छ । दक्षिण भारतमा त हलमा छिर्ने ठाउँसम्म नभएको भारतीय मिडियाले लेखेका छन् । यसका साथै यसको उत्तर भारतमा पनि निकै राम्रो प्रभाव देखिएको छ । 

दक्षिणमा ९५ प्रतिशत स्क्रिनमा २.० को कब्जा छ । अन्य फिल्मले ५ प्रतिशत मात्र स्क्रिन पाएका छन् । उत्तरमा पनि फिल्मले कूल स्क्रिनको ४० प्रतिशत हिस्सा कब्जा गरेको छ । ठूलो बजेटमा बनेको २.० को तुलना ब्लकबस्टर फिल्म बाहुबलीसँग गरिएको छ । अक्षय कुमारका फ्यानले उनको नयाँ लुक्स हेर्न बेताब छन् । 

फिल्मको पहिलो दिनको दर्शकको चाप हेर्दा फिल्मले पहिलो दिन भारतमा ८० करोड कमाउने अनुमान गरिएको छ । अहिलेसम्म पहिलो दिन भारतमा मात्र ५२ करोड सबैभन्दा धेरै ओपनिङ हो र यो ओपनिङ ठग्स अफ हिन्दोस्तानले गरेको थियो । अहिले भने २.० ले कैयौं ठूला फिल्मको रेकर्ड तोड्ने अनुमान गरिएको छ । फिल्मको विश्वव्यापी कमाइ पहिलो दिनमै सय करोडभन्दा माथि पुग्ने अनुमान छ । अब फिल्मले बाहुबलीको विश्वव्यापी ओपनिङको रेकर्ड तोड्न सक्छ कि सक्दैन भन्ने चासोको विषय बनेको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मौलिकता बिनाको आन्दोलनहरु सफल नहुने : ओली

असार १४, काठमाडौँ।  मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा बिहीबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष एवं