इन्डियन टेलिभिजनका चर्चित हाँस्य कलाकार कपिल शर्माले आफ्नो विवाहको कार्ड ट्वीटरमार्फत शेयर गरेको खबर आएको छ ।

कपिल शर्माले आफ्नो ट्वीटर ह्याण्डलमा आफ्नो विवाहको कार्ड पोस्ट गरेका हुन् । कार्डमा उनको विवाह १२ डिसेम्बर २०१८ मा हुने बताइएको छ ।
कपिल गिन्नी चतरथसँग विवाह बन्धनमा बाँधिदैछन् । यी दुईको भेट २००५ मा भएको थियो । कपिल त्यस समय गिन्नीको कलेजमा विद्यार्थीहरुको अडिशन लिन गएका थिए । तब उनले नाटकहरुको निर्देशन गरेका थिए ।
अडिशनको समयमा गिन्नीको कामलाई कपिलले मन पराएपछि यी दुईको सम्बन्ध अघि बढेको हो । तर कपिलले आफ्नो इंस्टाग्राममा गिन्नीको बुवाले सुरुमा उनीहरुको विवाहको प्रस्तावलाई अस्वीकार गरेको बताएका थिए ।
त्यस समय उनको करियर सुरुवाती चरणमा थियो । तर त्यस समयदेखि अहिले समय गिन्नीले उनको अनुकूल/प्रतिकूल सम्पूर्ण अवस्थामा साथ दिदैँ आएकी छिन् ।
जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत
भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै
पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो
काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित
हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको