फिल्म ‘२.०’ बारे नयाँ खुलासा

१२ मङ्सिर,एजेन्सी : २९ नोभेम्बरमा रिलीज हुने अक्षय कुमार र रजनीकान्तको फिल्म ‘२.०’ रिलीज हुनु अगाडि नै विवादमा फसेको छ। सेलुलर अपरेटर्स एसोसिएशन अफ इण्डियाले फिल्म निर्माता विरुद्ध मुद्दा दायर गराएका छन्।

सीओएआईले फिल्ममा मोबाइल फोन, टावर र मोबाइल सर्भिसका विषयमा बिना कुनै वैज्ञानिक कारण भ्रम फैलाउने काम गरेको आरोप लगाउँदै मुद्दा दायर गरेको भारतीय संचारमाध्यमले जनाएका छन्। फिल्मले मोबाइल फोन र मोबाइल टावरलाई नोक्सान पुर्याएको दाबी गरिएको छ। सीओएआईले सेन्टर बोर्ड अफ फिल्म सर्किफिकेशन र सूचना तथा प्रशारण मन्त्रालयमा पनि उजुरी दिएको छ।

फिल्ममा अक्षय कुमारले क्रो म्यानको भूमिका निर्वाह गरेका छन्। फिल्मको ट्रेलरमा अक्षय कुमारले सेल फोन राख्ने सबै व्यक्ति हत्यारा भएको बताउँछन्। ‘उसलाई देख्ने वित्तिकै सबै मानिस भाग्न सुरु गर्छन्। मोबाइल फोनका कारण आज वातावरण मानिस र पक्षी बस्ने लायमसमेत रहेन,’ अक्षयले भनेका छन्।

सिओएआईले दिएको उजुरीमा फिल्म प्रदर्शन गर्नुपूर्व त्यसको समीक्षा गर्न माग गरिएको छ। फिल्मको ट्रेलर र टीजरमा बिना कुनै प्रमाण मोबाइल फोन र टावरलाई नोक्सान पुर्याउने गरी प्रचार गरिएको उसको दाबी छ।

यो फिल्म हिन्दी, तमिल र तेलुगु गरी तीन भाषामा बनाइएको छ। यो फिल्म २०१० मा रिलीज भएको फिल्म रोबोटको सिक्वेल हो। फिल्ममा अक्षय–रजनी बाहेक एमी ज्याक्सन, सुधांशु पाण्डे, आदिल हुसेन, रियाज खानले अभिनय गरेका छन्। फिल्मको निर्देशक एस शंकर हुन् भने फिल्मा एआर रहमानले संगीत दिएका छन्।

५४३ करोड रुपैयाँमा निर्माण गरिएको यो फिल्म बलिउडकै सबैभन्दा महंगो फिल्म भएको बताइएको छ। यो फिल्मको क्रेज यति धेरै छ की रिलीज भन्दा पहिला नै १२० करोड रुपैयाँको एड्भान्स बुकिङ भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बिजुलीमा ५ प्रतिशत भ्याट लगाउने निर्णयको विरोध, लाखौँ उपभोक्ता प्रभावित हुने चिन्ता

 जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत

टिकटकको प्रतिबन्ध सबै इन्टरनेटमा खुल्यो

भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको