हलिउड अभिनेत्री सुँगुरसँग गहिरो प्रेममा फसेपछि प्रेमी त्यागिन्

अमेरिकाकी चर्चित अभिनेत्री एवम् गायिका एरियाना ग्राण्डेको अहिले एउटा सुँगुरसँग गहिरो प्रेममा परेकी छिन् । यो सुन्दा तपाईलाई अचम्म लाग्नसक्छ तर यो सत्य हो । उनले आफ्नो प्रेमीलाई त्यागिन् तर सुँगुरलाई त्यागिनन् ।

ariana-grande-768x461

मिडियाको खबरलाई मान्ने हो भने डेन्जरस विमन एल्बमकी सिंगर एरियाना आफ्नो घरपालुवा सुँगुरलाई आफ्नो प्रेमीलाई भन्दा पनि धेरै चाहन्छिन् ।

करिब पाँच महिना पहिले एरियाना ग्राण्डेले अमेरिकी हाँस्यकलाकार तथा अभिनेता पेट डेभिडसनसँग इंगेजमेन्ट गरेकी थिइन् । त्यस समय डेविडसनले उपहारस्वरुप एरियानालाई सुँगुरको बच्चा दिएका थिए । तर दुर्भाग्यवश केही समयपछि ती दुई जोडीबीच खटपट शुरु भयो जसकारण उनीहरुले आफ्नो विवाहलाई तोडे ।

सम्बन्ध तोडेपछि एरियानालो डेविडसनका सम्पूर्ण उपहारहरु फिर्ता दिनुपर्‍यो । एरियानाले करिब ६८ लाख रुपयाँ मूल्य पर्ने औंठी पनि फिर्ता दिइन् तर उनले त्यस सुँगुरको बच्चालाई भने फिर्ता दिइनन् ।

यो कुरा बाहिर आएपछि धेरैजना आश्चर्यमा परेका थिए ।

एरियानाको जीवनमा एक महिना पहिले आएको त्यो सानो सुँगुरको बच्चा निकै महत्वपूर्ण छ । उनी त्यसलाई धेरै प्रेम गर्छिन् । त्यसलाई साथै ओछ्यानमा राखेर सुत्छिन् । उनी त्यसलाई आफूबाट एक क्षणका लागि पनि टाढा राख्दिनन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बिजुलीमा ५ प्रतिशत भ्याट लगाउने निर्णयको विरोध, लाखौँ उपभोक्ता प्रभावित हुने चिन्ता

 जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत

टिकटकको प्रतिबन्ध सबै इन्टरनेटमा खुल्यो

भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको