भक्तपुर । जिल्ला प्रशासन कार्यालय भक्तपुरको संयोजकत्वमा एक महिने बृहत भक्तपुर सफाई अभियान आजबाट शुरु भएको छ । कार्यक्रमको प्रमुख अतिथिको गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले सफाई अभियानको शुरुवात गरेका हुन् ।सफा, स्वच्छ, सुखी र समृद्ध भक्तपुर निर्माण गर्ने उद्देश्य सहित मंगलबार जिल्ला प्रशासन कार्यालय भक्तपुरमा भएको छलफलले दैनिक एक घण्टा सफाई अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो ।
भक्तपुरको जडीबुटीस्थित मनोहरा पुल देखी साँगासम्म प्रत्येक दिन १ घण्टा सरसफाइ कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले अरनिको राजमार्ग केन्द्रित सरसफाइ कार्यक्रमको आज शुभारम्भ भएको हो ।
आजको कार्यक्रम अरनिको राजमार्गमा पर्ने मनोहरा खोलादेखि लोकन्थली चोकसम्म सरसफाइ गरी सुरुवात भएको हो । कार्यक्रमको उद्घाटन गर्दै गृहमन्त्री थापाले समृद्ध नेपालको परिकल्पना वातावरण स्वच्छ भएपछि मात्रै सम्भव हुने बताउँदै यस्तो सफाइ अभियानलाई स्थानीयस्तरबाट सहयोग हुनेपर्ने बताए । उनले यस्ता सफाई अभियानमा सरकारले भरपुर सहयोग रहने पनि प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा बोल्दै नेकपाका युवा नेता एवम् प्रतिनिधिसभा सदस्य महेश बस्नेतले यो सफाई अभियानले समग्र भक्तपुरलाई रूपान्तरण तर्फ लैजाने बताउँदै भक्तपुरमा फोहोर गर्नेहरूमाथि कारबाही गरिने प्रक्रिया अगाडि बढाइएको बताए । बस्नेतले भक्तपुर तर्फको हनुमन्ते मनोहरा दोभानदेखि पेप्सीकोलासम्मको कोरिडोर निर्माण अघि बढिसकेको जानकारी गराउँदै काठमाडौं तर्फको काम पनि छिटो सम्पन्न गर्न सकेको खण्डमा कोटेश्वरको जाम कम गर्न सकिने बताएका थिए । उनले सोही कार्यक्रममार्फत काठमाडौंका प्रमुख जिल्ला अधिकारी समक्ष कोरिडोर निर्माणमा सहजिकरणका लागि आग्रह गरेका थिए ।

कार्यक्रममा सांसद महेश बस्नेत, काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी, भक्तपुर छेत्र न.१ का प्रतिनिधि सभाका सांसद प्रेम सुवाल, ३ न. प्रदेश सभाका सांसद शशी जङ्ग थापा, ३ न. प्रदेशको सांसद प्रतिमा श्रेष्ठ, वीर दल गण सुर्यविनायकका प्रमुख शिव पौडेल , महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी हिमालय श्रेष्ठ, मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदन सुन्दर श्रेष्ठ, उप–प्रमुख अन्जना देवी मधिकर्मी, सुर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा, उप–प्रमुख जुना बस्नेतलगायत हनुमन्ते सफाइ अभियानका संयोजक रुद्र पौडेलको नेतृत्वमा सम्पूर्ण अभियन्ताहरु र स्थानीयबासीहरुको उपस्थिति रहेको थियो । आजको कार्यक्रमको संयोजन भने मध्यपुर थिमी नगरपालिकाले गरेको थियो ।
काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध
काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार
काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले
काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट