६ मङ्सिर : रणवीर कपुरले आलिया भट्टलाई अस्पताल लिएर गएको भिडियो बाहिरिएपछि सामाजिक संजालमा आलिया गर्भवती भएको कुराले चर्चा पाएको छ । मंगलबार रणवीरले आलियालाई मुम्बइको जुहुस्थित एक अस्पताल लिएर गएका थिए । यो घटनाको भिडियो बाहिरिएपछि आलिया गर्भवती भएको चर्चा बढेको हो । सामाजिक संजाल प्रयोगकर्ताहरुले आलिया गर्भवती भएको अड्कल काट्दै विभिन्न ट्रोल बनाइरहेका छन् ।

आलिया गर्भवती भएका कारण रणवीरले अस्पताल लिएर गएका भने होइनन् । ‘ब्रह्मास्त्र’ फिल्मको सुटिङका क्रममा आलियालाई चोट लागेपछि रणवीरले उनलाई लिएर अस्पताल गएका थिए । यी दुई यही फिल्मको सुटिङका क्रममै नजिकिएका हुन् । सुटिङका क्रममा उनीहरु लामो समय बुल्गेरियामा बसेका थिए । त्यही क्रममा उनीहरुबीच निकटता बढेको बताइन्छ । त्यसपछि उनीहरु सोनम कपुरको रिसेप्सन पार्टीमा पनि सँगसँगै थिए । एक अन्तरवार्ताको क्रममा आलियाले भने आफूहरु साथीमात्र भएको बताएकी थिइन् तर रणवीरले भने एक अन्तरवार्तामै यही विषयमा सोधिएको प्रश्नमा घुमाउरो पारामा सम्बन्ध स्वीकार गरेका थिए । उनले भनेका थिए ‘यो अहिले नयाँ नै छ यसलाई परिपक्व हुन दिनुहोस् ।’ एजेन्सी
जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत
भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै
पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो
काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित
हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको