सामाजिक संजालमा आलिया भट गर्भवती भएको चर्चा !

६ मङ्सिर : रणवीर कपुरले आलिया भट्टलाई अस्पताल लिएर गएको भिडियो बाहिरिएपछि सामाजिक संजालमा आलिया गर्भवती भएको कुराले चर्चा पाएको छ । मंगलबार रणवीरले आलियालाई मुम्बइको जुहुस्थित एक अस्पताल लिएर गएका थिए । यो घटनाको भिडियो बाहिरिएपछि आलिया गर्भवती भएको चर्चा बढेको हो । सामाजिक संजाल प्रयोगकर्ताहरुले आलिया गर्भवती भएको अड्कल काट्दै विभिन्न ट्रोल बनाइरहेका छन् ।

ranbir_alia_spotted_in_hospital1524

आलिया गर्भवती भएका कारण रणवीरले अस्पताल लिएर गएका भने होइनन् । ‘ब्रह्मास्त्र’ फिल्मको सुटिङका क्रममा आलियालाई चोट लागेपछि रणवीरले उनलाई लिएर अस्पताल गएका थिए । यी दुई यही फिल्मको सुटिङका क्रममै नजिकिएका हुन् । सुटिङका क्रममा उनीहरु लामो समय बुल्गेरियामा बसेका थिए । त्यही क्रममा उनीहरुबीच निकटता बढेको बताइन्छ । त्यसपछि उनीहरु सोनम कपुरको रिसेप्सन पार्टीमा पनि सँगसँगै थिए । एक अन्तरवार्ताको क्रममा आलियाले भने आफूहरु साथीमात्र भएको बताएकी थिइन् तर रणवीरले भने एक अन्तरवार्तामै यही विषयमा सोधिएको प्रश्नमा घुमाउरो पारामा सम्बन्ध स्वीकार गरेका थिए । उनले भनेका थिए ‘यो अहिले नयाँ नै छ यसलाई परिपक्व हुन दिनुहोस् ।’ एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मौलिकता बिनाको आन्दोलनहरु सफल नहुने : ओली

असार १४, काठमाडौँ।  मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा बिहीबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष एवं