फिदा खान हत्याकाे कारण सुनसरीको दुहवी  तनावग्रस्त 

 मंसिर ०५, सुनसरी । सुनसरीको दुहबीका व्यवसायी फिदा खानको गोली प्रहार गरि हत्या गरिएको छ । आज (बुधबार) बिहान मर्निङ वाक जाने क्रममा दुहबी–९ को छाताबेलीमा उनीमाथि गोली प्रहार भएको थियो ।

 

 बिहान ६ बजे घटना भएको प्रहरीको अनुमान छ । जयबाबा इँटा अगाडिको नहरको पुलमा उनीमाथि गोली प्रहार भएको थियो । इलाका प्रहरी कार्यालय दुहबीका प्रहरी निरीक्षक रामनारायण माझीका अनुसार उनी जयबाबा इँटा उद्योगका व्यवस्थापक पनि थिए । स्थानीयका अनुसार उनीमाथि २ गोली प्रहार भएको थियो । मृतक फिदा हुसेन सोही वडाका वडाध्यक्ष मेहदी हुसेनका भाइ हुन । उनको उपचारको क्रममा बिराटनगरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।46492476_2285514288334165_7195538021578440704_n-430x336

 

सोही घटनापछि दुहबी बजार तनावग्रस्त बनेको छ । व्यवसायी फिदा खानमाथि गोली प्रहार भएको विषयलाई लिएर बजार तनावग्रस्त भएको हो । व्यवसायीलाई प्रशासनले सुरक्षा दिन नसकेको भन्दै मृतकका आफन्त र समर्थकले बजार बन्द गराएका छन । बजार पसल बन्द गराउन निस्किएको समूहले मेडिकल पसलमा समेत क्षति पुर्याएको छ ।

 

सो समूहले दुहबी चोकको अमरदीप मेडिकल पसलका सञ्चालक हाकु साहको टाउको फुटाएको छ । पसल बन्द गराउँदै हिँडेका व्यक्तिले सो मेडिकल बन्द गराउन भनेका थिए । तर, साहले औषधी पसल बन्द गराउन मिल्दैन भन्दै अड्डी कसेपछि उनीमाथि सो समूह जाइलागेको थियो । दुहबीका विभिन्न स्थानमा टायर बलेर बिरोध जारी छ । घटनालाई मध्यनजर गरी प्रहरीले उच्च सुरक्षा सतर्कता अपनाएको दुहबीका प्रहरी प्रमुख प्रहरी निरीक्षक रामनारायण माझीले जानकारी दिएका छन् ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

भदौ २३–२४ को घटनाबारे गहिरो अनुसन्धान आवश्यक, विदेशी जासुसी संलग्नताको आशंका :रविन्द्र मिश्र

काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज