फिदा खान हत्याकाे कारण सुनसरीको दुहवी  तनावग्रस्त 

 मंसिर ०५, सुनसरी । सुनसरीको दुहबीका व्यवसायी फिदा खानको गोली प्रहार गरि हत्या गरिएको छ । आज (बुधबार) बिहान मर्निङ वाक जाने क्रममा दुहबी–९ को छाताबेलीमा उनीमाथि गोली प्रहार भएको थियो ।

 

 बिहान ६ बजे घटना भएको प्रहरीको अनुमान छ । जयबाबा इँटा अगाडिको नहरको पुलमा उनीमाथि गोली प्रहार भएको थियो । इलाका प्रहरी कार्यालय दुहबीका प्रहरी निरीक्षक रामनारायण माझीका अनुसार उनी जयबाबा इँटा उद्योगका व्यवस्थापक पनि थिए । स्थानीयका अनुसार उनीमाथि २ गोली प्रहार भएको थियो । मृतक फिदा हुसेन सोही वडाका वडाध्यक्ष मेहदी हुसेनका भाइ हुन । उनको उपचारको क्रममा बिराटनगरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।46492476_2285514288334165_7195538021578440704_n-430x336

 

सोही घटनापछि दुहबी बजार तनावग्रस्त बनेको छ । व्यवसायी फिदा खानमाथि गोली प्रहार भएको विषयलाई लिएर बजार तनावग्रस्त भएको हो । व्यवसायीलाई प्रशासनले सुरक्षा दिन नसकेको भन्दै मृतकका आफन्त र समर्थकले बजार बन्द गराएका छन । बजार पसल बन्द गराउन निस्किएको समूहले मेडिकल पसलमा समेत क्षति पुर्याएको छ ।

 

सो समूहले दुहबी चोकको अमरदीप मेडिकल पसलका सञ्चालक हाकु साहको टाउको फुटाएको छ । पसल बन्द गराउँदै हिँडेका व्यक्तिले सो मेडिकल बन्द गराउन भनेका थिए । तर, साहले औषधी पसल बन्द गराउन मिल्दैन भन्दै अड्डी कसेपछि उनीमाथि सो समूह जाइलागेको थियो । दुहबीका विभिन्न स्थानमा टायर बलेर बिरोध जारी छ । घटनालाई मध्यनजर गरी प्रहरीले उच्च सुरक्षा सतर्कता अपनाएको दुहबीका प्रहरी प्रमुख प्रहरी निरीक्षक रामनारायण माझीले जानकारी दिएका छन् ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक