सफा हनुमन्ते भक्तपुर जिल्लाको लाइफलाईन : महेश बस्नेत

38 Hanumanteमंसिर १, भक्तपुर । “उठौं, जागौं, हनुमन्ते नदी सफा गर्न सबै लागौं’ भन्ने मुल नाराका साथ शुरु भएको हनुमन्ते नदिको सफाई अभियानको ३८ औं हप्ताको कार्ययक्रममा सम्बोधन गर्दै  नेकपाका लोकप्रिय नेता तथा सांसद महेश बस्नेतले भक्तपुर जिल्लाको लाईफ लाईन हनुमन्ते सफाई गरेर समग्र भक्तपुरलाई परिबर्तनतर्फ लैजाने बताएका छन् । स्थानीय जन समुदायसँगको सहकार्यमा हनुमन्ते नदिको सफाईलाई अझ ब्यबस्थित ढंगले अघि बढाउनु पर्ने र भक्तपुर नगरपालिका लगाएत अन्य नगरपालिकाबाट सृजना भएका ढलजन्य फोहर ब्यबस्थापनका लागि यो अभियान जागरण र निर्माणको अभियान भएकोले  हनुमन्ते खोलाको दायाँ बायाँ ढल राख्ने काम पनि तिब्रता रहेको  कुरा बस्ननेले बताए । त्यसैगरी हनुमन्ते मनोहरा दोभान देखि लोकन्थली राम मन्दिर सम्म हनुमन्ते कोरिडोर निर्माण सम्पन्न भईसकेको र कोरिडोर र्निमाणका बाँकी काम पनि यसै हप्ताबाट शुरुहुन लागेको जानकारी गराएका थिए । हनुमन्ते नदिको सफाई जागरण र निर्माणसँगै-सँगै जोडेर सम्पुर्ण भक्तपुरको सफाई अभियानलाई हामी सफल पार्छौ – उनले बताए ।

38 Hanumante 1

उनले सफाई अभियान समग्र भक्तपुरको परिबर्तन र रुपान्तरणसँग जोडिएको हुनाले हनुमन्ते नदिको सफाई अभियानलाई जोडेर कोटेश्वर देखि जगाते सम्मको राजमार्ग जामलाई अन्त्य गर्ने काम पनि शुरु भएको र भक्तपुर जिल्लाको लाईफ लाईनको रुपमा बग्ने हनुमन्तेलाई सफाई गरेर समग्र भक्तपुरलाई समृद्धी र परिबर्तनतर्फ लैजाने कुरामा जोड दिए । साथै  ३८औ हप्तासम्म सफाई अभियान सफलता पुर्वक सम्पन्न गर्नमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, आम सर्बसाधारण, अभियन्ता, बिभिन्न संघ सस्थका प्रतिनिधिहरुको महत्वपुर्ण भुमिका रहेको बताउदै यस अभियानलाई अझ प्रभाबकारी ढंगले अघि बढाउनका लागि आगामि मंसिर ४ गते भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारिको उपस्थितिमा सबै स्थानीय तहका जन प्रतिनिधिहरु नेपाली सेना, नेपाल प्रहरी,सशस्त्र प्रहरी, आम सर्बसाधारण , अभियन्ता , बिभिन्न संघ सस्थका प्रतिनिधिहरुको सहभागितामा अरनिको राजमार्ग सफाई र भक्तपुरको सबारि चाप ब्यबस्थापनको लागि बिशेष योजना निर्माण कार्यक्रम तय भएको जानकारी गराएका थिए ।

३ नम्बर प्रदेश माननीय सदस्य श्रीमती रजनी जोन्छेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा अभियानका संयोजक श्री बासुदेव थापा,अभियानका उत्प्रेरक श्री रुद्र पौडेल, सह- संयोजकद्वय श्री अन्जना देवि मधिकर्मी , श्री जुना बस्नेत , नेकपा भक्तपुरका जिल्ला अध्यक्ष श्री वचन देउजा, भक्तपुर जिल्ला समन्वय समिती सह – संयोजक श्री सरिता कुवर , बिरदल गणका गणपती श्री शिव प्र पौडेल , अभियान सल्लाहकार एवम भक्तपुर जिल्ला योग समिती अध्यक्ष श्री बालमुकुन्द सुवाल, स्थानीय जनप्रतिनिधिहरु एवम अभियान्ताहरुको उपस्थितिमा भएको कार्यक्रममा करिब ६५० जनाको सहभागितामा रहेको र ६ टन सकलित फोहर ब्यवस्थापन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

रास्वपाको प्रथम महाधिवेशन आजदेखि भरतपुरमा, विद्युतीय मतदानमार्फत नयाँ नेतृत्व चयन हुँदै

भरतपुर, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा

दुर्गा पन्तको स्वर्णसँगै विश्व योग च्याम्पियनसिपमा नेपालको ऐतिहासिक उपलब्धि

अहमदावाद, भारत — भारतको अहमदावादमा जुन ४ देखि ८, २०२६ सम्म सम्पन्न प्रथम विश्व योग च्याम्पियनसिपमा

श्रम अधिकारमाथि बढ्दो हस्तक्षेपबारे जेटियुसिसीको अन्तर्राष्ट्रिय मञ्चमा चिन्ता

काठमाडौँ, जेठ २८ । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) का अध्यक्ष विनोद श्रेष्ठले नेपालमा

बिजुलीमा ५ प्रतिशत भ्याट लगाउने निर्णयको विरोध, लाखौँ उपभोक्ता प्रभावित हुने चिन्ता

 जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत

ईयू आबद्ध देशका राजदूतहरूसँग प्रधानमन्त्रीको सामूहिक भेट

काठमाडौं  जेठ १२, । प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि युरोपेली संघ (ईयू) मा आबद्ध

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ