सफा हनुमन्ते भक्तपुर जिल्लाको लाइफलाईन : महेश बस्नेत

38 Hanumanteमंसिर १, भक्तपुर । “उठौं, जागौं, हनुमन्ते नदी सफा गर्न सबै लागौं’ भन्ने मुल नाराका साथ शुरु भएको हनुमन्ते नदिको सफाई अभियानको ३८ औं हप्ताको कार्ययक्रममा सम्बोधन गर्दै  नेकपाका लोकप्रिय नेता तथा सांसद महेश बस्नेतले भक्तपुर जिल्लाको लाईफ लाईन हनुमन्ते सफाई गरेर समग्र भक्तपुरलाई परिबर्तनतर्फ लैजाने बताएका छन् । स्थानीय जन समुदायसँगको सहकार्यमा हनुमन्ते नदिको सफाईलाई अझ ब्यबस्थित ढंगले अघि बढाउनु पर्ने र भक्तपुर नगरपालिका लगाएत अन्य नगरपालिकाबाट सृजना भएका ढलजन्य फोहर ब्यबस्थापनका लागि यो अभियान जागरण र निर्माणको अभियान भएकोले  हनुमन्ते खोलाको दायाँ बायाँ ढल राख्ने काम पनि तिब्रता रहेको  कुरा बस्ननेले बताए । त्यसैगरी हनुमन्ते मनोहरा दोभान देखि लोकन्थली राम मन्दिर सम्म हनुमन्ते कोरिडोर निर्माण सम्पन्न भईसकेको र कोरिडोर र्निमाणका बाँकी काम पनि यसै हप्ताबाट शुरुहुन लागेको जानकारी गराएका थिए । हनुमन्ते नदिको सफाई जागरण र निर्माणसँगै-सँगै जोडेर सम्पुर्ण भक्तपुरको सफाई अभियानलाई हामी सफल पार्छौ – उनले बताए ।

38 Hanumante 1

उनले सफाई अभियान समग्र भक्तपुरको परिबर्तन र रुपान्तरणसँग जोडिएको हुनाले हनुमन्ते नदिको सफाई अभियानलाई जोडेर कोटेश्वर देखि जगाते सम्मको राजमार्ग जामलाई अन्त्य गर्ने काम पनि शुरु भएको र भक्तपुर जिल्लाको लाईफ लाईनको रुपमा बग्ने हनुमन्तेलाई सफाई गरेर समग्र भक्तपुरलाई समृद्धी र परिबर्तनतर्फ लैजाने कुरामा जोड दिए । साथै  ३८औ हप्तासम्म सफाई अभियान सफलता पुर्वक सम्पन्न गर्नमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, आम सर्बसाधारण, अभियन्ता, बिभिन्न संघ सस्थका प्रतिनिधिहरुको महत्वपुर्ण भुमिका रहेको बताउदै यस अभियानलाई अझ प्रभाबकारी ढंगले अघि बढाउनका लागि आगामि मंसिर ४ गते भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारिको उपस्थितिमा सबै स्थानीय तहका जन प्रतिनिधिहरु नेपाली सेना, नेपाल प्रहरी,सशस्त्र प्रहरी, आम सर्बसाधारण , अभियन्ता , बिभिन्न संघ सस्थका प्रतिनिधिहरुको सहभागितामा अरनिको राजमार्ग सफाई र भक्तपुरको सबारि चाप ब्यबस्थापनको लागि बिशेष योजना निर्माण कार्यक्रम तय भएको जानकारी गराएका थिए ।

३ नम्बर प्रदेश माननीय सदस्य श्रीमती रजनी जोन्छेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा अभियानका संयोजक श्री बासुदेव थापा,अभियानका उत्प्रेरक श्री रुद्र पौडेल, सह- संयोजकद्वय श्री अन्जना देवि मधिकर्मी , श्री जुना बस्नेत , नेकपा भक्तपुरका जिल्ला अध्यक्ष श्री वचन देउजा, भक्तपुर जिल्ला समन्वय समिती सह – संयोजक श्री सरिता कुवर , बिरदल गणका गणपती श्री शिव प्र पौडेल , अभियान सल्लाहकार एवम भक्तपुर जिल्ला योग समिती अध्यक्ष श्री बालमुकुन्द सुवाल, स्थानीय जनप्रतिनिधिहरु एवम अभियान्ताहरुको उपस्थितिमा भएको कार्यक्रममा करिब ६५० जनाको सहभागितामा रहेको र ६ टन सकलित फोहर ब्यवस्थापन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आन्दोलनका मुद्दा फिर्ता र ‘पक्राउ नगर्ने’ मागमा सिंहदरबारमा तनाब

बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता

मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक

काल, कात्तिक १८ गते। मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक छन्। सरकारका प्रवक्ता तथा सूचना प्रविधि मन्त्री

मलेशियामा श्रमिक पठाउने कम्पनीका लागि दस सर्त

कात्तिक कार्तिक १४, काठमाडौं । मलेसिया लाभासीका श्रमिक पठाउने देश वैदेशिक व्यापार व्यवसाय कम्पनीका लागि

सुशीला कार्की नेतृत्वको सरकार खारेज गरी सर्वपक्षीय अन्तरिम सरकार गठन गर्नुपर्छ : विप्लव

कात्तिक २, काठमाडौं  ।  नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले हालको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार

सेना किन तानियो विवादमा?

आन्दोलनका क्रममा भदौ २४ गते जलाइँदै गरेको राष्ट्रपतिको कार्यालय। राष्ट्रपतिको कार्यालय जोगाउन नसक्दा आलोचना, संविधानले दिएको

नर्सका माग सम्बोधन गर्न सरकारी समिति गठन, पहिलो बैठक आजै

काठमाडौँ, कात्तिक २ गते । सरकारले नर्सिङ स्वास्थ्यकर्मीहरूको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न १४ सदस्यीय समिति