कार्तिक २९,काठमाडौं । राजधानीको दरबारमार्ग स्थित एक एण्ड यति होटलमा सञ्चालित क्यासिनो रोयलमा अन्तर्राष्ट्रिय आतंकवादी समुहको लगानी रहेको भन्दै उजुरी परेको छ ।

एक निवेदकले एक एण्ड यति होटलका सञ्चालक सुरेन्द्र बहादुर सिंह र क्यासिनो रोयल खरिद गर्ने जयन्ती थापाको सम्पत्ति छानबीन गर्न सम्पत्ति सुद्धिकरण अनुसन्धान विभागमा निवेदन दिएका हुन् ।
निवेदन अनुसार कम्पनि रजिष्टर कार्यालयमा रोयल क्यासिनोको चुक्तापुँजी २५ करोड छ । कुनै समय सामान्य मजदुर स्पिनर रहेका सिंहको असामान्य रुपको जीवन शैली र २५ करोड चुक्तापूँजी कसरी हुनपुग्यो ? भन्दै छानबीन गर्न उजुरीमा उल्लेख गरिएको छ ।


सिंहले केही महिनाअघि सोही क्यासिनोमा कार्यरत कर्मचारी सहायक सुपरभाइजर जयन्ती थापा मगरलाई सबै शेयर बेचेका थिए । ‘सामान्य कर्मचारीले कसरी २५ करोड चुक्तापुँजी भएको क्यासिनो खरिद गरिन् । यसबाहेक जयत्नी थापाले सिंहलाई १२ करोड रुपैयाँ नगद दिएकी छिन् । यसअघि बक्यौता रहेको १२ करोड कर तिरेकी छिन् । मजदुरहरुको तलब रु १२ करोड पनि भुक्तानी गरिएिको छ,’ उजुरीमा भनिएको छ,‘रु १० करोड बराबरको क्यासिनो पुन : निर्माण एवं मर्मतमा खर्च गरिएको छ । क्यासिनो सञ्चालनका लागि १० करोड पुँजी थप गरिएको छ । यसरी लगानी भएको रकमको मोटोमोटी हिसाबले झण्डै १० करोडको लगानी भएको छ यो उनले कुन स्रोतबाट ल्याएको हो कतै खुल्दैन । जयन्ती थापाको नाउँमा अन्तर्राष्ट्रिय आतंकवादी संजालको लगानी भएको हुनसक्ने संभावना छ ।’

उजुरी अनुसार एक एण्ड यति होटलका मालिक सिंहले यसअघि पनि अवैध स्रोतबाट रकम लिएको र थापाले समेत सोही स्रोतबाट रकम लिएर क्यासिनो रोयल खरिद गरेको बताइएको छ ।
उजुरी अनुसार सामान्य हैसियतका सिंहले एक अर्ब भन्दा धेरै सम्पत्ति जोडिसकेका छन् । उनले विदेशी कालो धन व्यवस्थापन गर्ने गरेको समेत बताईन्छ ।
निवेदक दाहालले सिंहको सम्पत्ति छानबीन गर्न र विगतदेखिकै गतिविधि अनुसन्धान गर्न माग गरेका छन् । सिंहले उपत्यका बाहिरसमेत विभिन्न ठाउँमा मिनि क्यासिनो चलाउँदै आएका छन् ।

होटल याक एण्ड यति होटलको मुल डोका अगाडी जोडिएको ४४ आना जग्ग ६६ करोडमा विक्री गरेको र उनले सुकेधाराबाट सुविधा सम्पन्न घर किनेर सञ्चारगृह चलाउने तयारीगरेको समेत बताईन्छ ।
सम्पत्ति सुद्धिकरण विभागका सुचना अधिकारी विनोद लामिछानेले उक्त विषयमा अनुसन्धान भइरहेको बताए । ‘यो मुद्दाको विषयमा अनुसन्धान भइरहेको छ । हामीले अनुसन्धानमा रहेको विषय सार्वजनिक गर्न मिल्दैन,’ उनले भने ।
coppied from diyopost
काठमाडौं, १४ साउन। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसिरहेको छ। प्रधानमन्त्रीको
साउन १२,काठमाडौँ । निर्वाचन आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्लेले विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित
काठमाडौं, ३१ असार २०८३। नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका व्यक्तिहरूलाई काठमाडौं जिल्ला अदालतले
राइडर्स युनियनको प्रश्न– ‘समस्या नीतिमा छ, तीन ट्राफिकमाथिको छानबिनले मात्र समाधान हुँदैन’ काठमाडौं, असार २६
काठमाडौं, असार २६ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि राइड सेयरिङ चालक गणेश नेपालीले आत्मदाहको प्रयास गरेपछि
काठमाडौँ, असार २३ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले सैनिक सामग्री उत्पादन निर्देशनालयमार्फत