November 15, 2018

दरबारमार्गको क्यासिनो रोयलमा ‘अन्तर्राष्ट्रिय आतंकवादी सञ्जाल’को लगानी, ‘कालोधन’ छानबीन गर्न उजुरी

कार्तिक २९,काठमाडौं । राजधानीको दरबारमार्ग स्थित एक एण्ड यति होटलमा सञ्चालित क्यासिनो रोयलमा अन्तर्राष्ट्रिय आतंकवादी समुहको लगानी रहेको भन्दै उजुरी परेको छ ।

एक निवेदकले एक एण्ड यति होटलका सञ्चालक सुरेन्द्र बहादुर सिंह र क्यासिनो रोयल खरिद गर्ने जयन्ती थापाको सम्पत्ति छानबीन गर्न सम्पत्ति सुद्धिकरण अनुसन्धान विभागमा निवेदन दिएका हुन् ।

निवेदन अनुसार कम्पनि रजिष्टर कार्यालयमा रोयल क्यासिनोको चुक्तापुँजी २५ करोड छ । कुनै समय सामान्य मजदुर स्पिनर रहेका सिंहको असामान्य रुपको जीवन शैली र २५ करोड चुक्तापूँजी कसरी हुनपुग्यो ? भन्दै छानबीन गर्न उजुरीमा उल्लेख गरिएको छ ।

सिंहले केही महिनाअघि सोही क्यासिनोमा कार्यरत कर्मचारी सहायक सुपरभाइजर जयन्ती थापा मगरलाई सबै शेयर बेचेका थिए । ‘सामान्य कर्मचारीले कसरी २५ करोड चुक्तापुँजी भएको क्यासिनो खरिद गरिन् । यसबाहेक जयत्नी थापाले सिंहलाई १२ करोड रुपैयाँ नगद दिएकी छिन् । यसअघि बक्यौता रहेको १२ करोड कर तिरेकी छिन् । मजदुरहरुको तलब रु १२ करोड पनि भुक्तानी गरिएिको छ,’ उजुरीमा भनिएको छ,‘रु १० करोड बराबरको क्यासिनो पुन : निर्माण एवं मर्मतमा खर्च गरिएको छ । क्यासिनो सञ्चालनका लागि १० करोड पुँजी थप गरिएको छ । यसरी लगानी भएको रकमको मोटोमोटी हिसाबले झण्डै १० करोडको लगानी भएको छ यो उनले कुन स्रोतबाट ल्याएको हो कतै खुल्दैन । जयन्ती थापाको नाउँमा अन्तर्राष्ट्रिय आतंकवादी संजालको लगानी भएको हुनसक्ने संभावना छ ।’


उजुरी अनुसार एक एण्ड यति होटलका मालिक सिंहले यसअघि पनि अवैध स्रोतबाट रकम लिएको र थापाले समेत सोही स्रोतबाट रकम लिएर क्यासिनो रोयल खरिद गरेको बताइएको छ ।

उजुरी अनुसार सामान्य हैसियतका सिंहले एक अर्ब भन्दा धेरै सम्पत्ति जोडिसकेका छन् । उनले विदेशी कालो धन व्यवस्थापन गर्ने गरेको समेत बताईन्छ ।
निवेदक दाहालले सिंहको सम्पत्ति छानबीन गर्न र विगतदेखिकै गतिविधि अनुसन्धान गर्न माग गरेका छन् । सिंहले उपत्यका बाहिरसमेत विभिन्न ठाउँमा मिनि क्यासिनो चलाउँदै आएका छन् ।

 


होटल याक एण्ड यति होटलको मुल डोका अगाडी जोडिएको ४४ आना जग्ग ६६ करोडमा विक्री गरेको र उनले सुकेधाराबाट सुविधा सम्पन्न घर किनेर सञ्चारगृह चलाउने तयारीगरेको समेत बताईन्छ ।

सम्पत्ति सुद्धिकरण विभागका सुचना अधिकारी विनोद लामिछानेले उक्त विषयमा अनुसन्धान भइरहेको बताए । ‘यो मुद्दाको विषयमा अनुसन्धान भइरहेको छ । हामीले अनुसन्धानमा रहेको विषय सार्वजनिक गर्न मिल्दैन,’ उनले भने ।

coppied from diyopost 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

भोटेकोशी बाढीमा बेपत्ता मृत घोषणा गर्ने प्रक्रिया सुरु, राहत भने अझै अलपत्र

कार्तिक ११, काठमाडौँ । गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीमा परी

साइबर जोखिमले सरकारी वेबसाइट बन्द

२०८३ कार्तिक ८, काठमाडौं । पीएचपी प्रोग्रामिङ भाषामा सुरक्षा कमजोरी भेटिएपछि नेपालका अधिकांश सरकारी वेबसाइट

मानव अधिकार परिषद्मा नेपाल निर्वाचित, एसिया–प्रशान्त क्षेत्रबाट सर्वाधिक १७३ मत

असोज २८, काठमाडौं । नेपाल संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को सन् २०२७–२०२९ कार्यकालका लागि सदस्यमा

गैरकानुनी बर्खास्तमा क्षतिपूर्ति निर्धारण गर्दा सेवा अवधि गणना गर्न सर्वोच्चको आदेश

काठमाडौं, २६ असोज। सर्वोच्च अदालतले गैरकानुनी रूपमा बर्खास्त गरिएका श्रमिकलाई पुनर्बहाली नगर्ने अवस्थामा क्षतिपूर्ति निर्धारण

कार्यसमितिमा नभएकी व्यक्तिलाई कोषाध्यक्षको जिम्मेवारी, राखेपमा उजुरी

२६ असोज , काठमाडौं । नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघको कार्यसमितिमा नरहेकी पवित्रा रेग्मीलाई बैंक

उपत्यकाका ६ स्थानबाट १३ ब्रान्डका ग्यास सिलिन्डर साट्न सकिने

काठमाडौँ, असोज २४। उपत्यकामा एउटा ब्रान्डको ग्यास सिलिन्डर अर्कोसँग सहजै साट्न नपाएर हैरानी खेपिरहेका उपभोक्ताका