‘केदारनाथ’को ट्रेलर रिलिज, पहिलो फिल्ममै साराको हट अवतार (भिडीयो)

बलिउड अभिनेता सैफ अली खानकी छोरी सारा अली खानको डेब्यु फिल्म ‘केदारनाथ’ को अफिसियल ट्रेलर लञ्च भएको छ । फिल्ममा उनको हिरो सुशान्त सिंह राजपूत छन् । ७ डिसेम्बरमा रिलिज हुने अभिषेक कपूर निर्देशित फिल्म अहिले विवादमा फसेको छ ।  उत्तराखण्डमा केदारनाथका तीर्थ पुरोहितहरुले तिखो प्रतिक्रिया दिएका छन् । उनीहरुले फिल्मले हिन्दूको भावनामाथि आहत पुर्याभएको आरोप लगाएका छन् । फिल्म प्रदर्शनमा रोक लगाउन एक बीजेपी नेताले सेन्सर बोर्डलाई पत्र समेत काटेका छन् । फिल्मको कहानीमा नायक मुस्लिम छन्, जसको हिन्दू युवतीसँग प्रेम हुन्छ । 
 
फिल्मको कहानी केही वर्ष अगाडि केदारनाथमा आएको प्राकृतिक विपत्तिमा थ्रिलिङ एक प्रेम कहानीलाई लिएर छ । नायिका सारा आफ्नो परिवारसँग केदारनाथको धार्मिक यात्रामा निस्किएकी हुन्छन् तर भारी वर्षा र पहिरोले ठूलो विनाश गर्छ । ठूलो संख्यामा श्रद्धालुहरुको मृत्यु हुन्छ । दुर्घटनासँग जोडिएको कयौं दृश्य फिल्मको ट्रेलरमा देखाइएको छ । ट्रेलरको अन्तिममा एक सिन छ, जसमा अभिनेता सुशान्त भगवान शिवको वाहन नन्दीको सिंग समातेर बच्ने कोशिश गरिरहेका छन् । नायक विनाशको बीच पनि नायिकालाई हरहालमा बचाउन चाहन्छन् । विनाशको दृश्य देखाउनको लागि दमदार भिडियो इफेक्ट प्रयोग गरिएको छ । भिडियो इफेक्ट हेर्दा कताकता ब्लकबस्टर फिल्म बहाबलीको झल्को आउँछ ।

हेर्नुहोस् ट्रेलर :-

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मौलिकता बिनाको आन्दोलनहरु सफल नहुने : ओली

असार १४, काठमाडौँ।  मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा बिहीबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष एवं