अमेरिकाले निषेध उल्लङ्घन गर्नेलाई शरण नदिने !

 

वासिङ्टन, संयुक्त राज्य अमेरिका, २४ कात्तिक (एएफपी) : अमेरिकाले आफ्नो दक्षिणी सीमाबाट देशभित्र पस्ने गैरकानूनी आप्रवासीहरू नयाँ नियम अनुसार शरणार्थी बन्न अयोग्य हुने जनाएको छ ।  ट्रम्प प्रशासनले होमल्याण्ड सेक्युरिटी  डिपार्टमेन्टले घोषणा गरेको नियम बमोजिम प्रवेशमा राष्ट्रपतीय निर्देशानुसार लगाइएको निषेध उल्लङ्घन गर्नेलाई शरण मिल्ने छैन । 

त्याहा जारी गरिएको एक वक्तव्यमा राष्ट्रपतिले राष्ट्रिय स्वार्थमा आप्रवासन रोक्न सक्ने भनिएको छ । हालै सम्पन्न संसदीय निर्वाचनमा आप्रवासन राष्ट्रपति डोनल्ड ट्रम्पको मुख्य मुद्दा बनेको थियो । मेक्सिको हुँदै मध्यअमेरिकी देशहरूबाट अमेरिका आउन लागेका आप्रवासीहरूको लस्करलाई लक्षित गर्दै राष्ट्रपति ट्रम्पले सीमामा तिनलाई रोक्न सेना खटाउन निर्देशन दिएका  थिए  । यसरी प्रबेश गर्ने मानिसहरूलाई ट्रम्पले अतिक्रमणको संज्ञा समेत दिएका छन्  । 
कात्तिक २२ गते बिहीवार कार्यवाहक महान्यायाधिवक्ता म्याथ्यु ह्वीटेकर तथा होमल्याण्ड सेक्युरिटी प्रमुख कर्स्टन नेल्सनले इन्टरिम फाइनल रुल नामक सो नियमको घोषणा गरेका थिए । जसअनुसार यदि राष्ट्रपतिले मेक्सिकोसँगको सीमाबाट अमेरिका प्रवेश निषेध गरे भने त्यहाँबाट सो नियम पुराना केसमा भने लागू हुनेछैन । तर सो नियमविरुद्ध अदालतमा मुद्दा चल्न सक्ने बताइएको छ ।

अमेरिकी नागरिक अधिकार समूह सिभिल लिबर्टिज युनियनले उक्त नियमलाई अवैधानिक भनेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद