
वासिङ्टन, संयुक्त राज्य अमेरिका, २४ कात्तिक (एएफपी) : अमेरिकाले आफ्नो दक्षिणी सीमाबाट देशभित्र पस्ने गैरकानूनी आप्रवासीहरू नयाँ नियम अनुसार शरणार्थी बन्न अयोग्य हुने जनाएको छ । ट्रम्प प्रशासनले होमल्याण्ड सेक्युरिटी डिपार्टमेन्टले घोषणा गरेको नियम बमोजिम प्रवेशमा राष्ट्रपतीय निर्देशानुसार लगाइएको निषेध उल्लङ्घन गर्नेलाई शरण मिल्ने छैन ।
त्याहा जारी गरिएको एक वक्तव्यमा राष्ट्रपतिले राष्ट्रिय स्वार्थमा आप्रवासन रोक्न सक्ने भनिएको छ । हालै सम्पन्न संसदीय निर्वाचनमा आप्रवासन राष्ट्रपति डोनल्ड ट्रम्पको मुख्य मुद्दा बनेको थियो । मेक्सिको हुँदै मध्यअमेरिकी देशहरूबाट अमेरिका आउन लागेका आप्रवासीहरूको लस्करलाई लक्षित गर्दै राष्ट्रपति ट्रम्पले सीमामा तिनलाई रोक्न सेना खटाउन निर्देशन दिएका थिए । यसरी प्रबेश गर्ने मानिसहरूलाई ट्रम्पले अतिक्रमणको संज्ञा समेत दिएका छन् ।
कात्तिक २२ गते बिहीवार कार्यवाहक महान्यायाधिवक्ता म्याथ्यु ह्वीटेकर तथा होमल्याण्ड सेक्युरिटी प्रमुख कर्स्टन नेल्सनले इन्टरिम फाइनल रुल नामक सो नियमको घोषणा गरेका थिए । जसअनुसार यदि राष्ट्रपतिले मेक्सिकोसँगको सीमाबाट अमेरिका प्रवेश निषेध गरे भने त्यहाँबाट सो नियम पुराना केसमा भने लागू हुनेछैन । तर सो नियमविरुद्ध अदालतमा मुद्दा चल्न सक्ने बताइएको छ ।
अमेरिकी नागरिक अधिकार समूह सिभिल लिबर्टिज युनियनले उक्त नियमलाई अवैधानिक भनेको छ ।
मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी
मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री
१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।
काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार
काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि
२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि