अफगानिस्तानमा आन्तरिक हमलामा परी शनिबार एकजना अमेरिकी सैनिकको मृत्यु भएको भने अर्का एकजना घाइते भएको नेटोले जनाएको छ।
तीन हप्ताभित्रको अवधिमा भएको यो आक्रमणको कसैले जिम्मेवारी लिएको छैन। युद्धग्रस्त अफगानिस्तानको सेनालाई हाल तालिम र परामर्श सेवा उपलब्ध गराउन तैनाथ विदेशी सैनिकमाथि अफगानी सैनिकबाटै आक्रमण हुने गरेको छ।
पश्चिमी प्रान्त हेरातमा गत अक्टोबर २२ तारिखका दिन र दक्षिणी प्रान्त कान्दाहारमा अक्टोबर १८ तारिखका दिन भएका आक्रमणहरुको जिम्मेवारी तालिबानले लिएको छ।
कान्दाहारमा भएको आक्रमणमा अफगानिस्तानका लागि अमेरिकी सैनिक प्रमुख तथा नेटो कमान्डर जनरल स्कट मिलर भाग्यले बाँचेका थिए।
प्रारम्भिक अध्ययनमा आक्रमणकारी अफगानी सैनिक रहेको पहिचान भएको छ, नेटोको विज्ञप्तीमा भनिएको छ। उक्त घटनामा आक्रमणकारी पनि मारिएका छन्।
पछिल्लो घटना समेत अफगानिस्तानमा यसै वर्ष आन्तरिक आक्रमणमा मारिने सेनाको संख्या आठजना पुगेको छ। एएफपी
वाशिङ्टन डिसी (अमेरिका), असोज ३० गते । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री
काठमाडौँ, भदौ २९।‘जेन–जी’ आन्दोलनका क्रममा उत्पन्न हिंसात्मक घटनाले नेपालका प्रमुख सरकारी संरचनासहित सर्वोच्च अदालत, विशेष
काठमाडौं, साउन २१, २०८२ । सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने उद्देश्यले राष्ट्रिय श्रम आप्रवासन नीति–२०८२
काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का
असार १७, काठमाडौं ।परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनबाट प्रभावित मुलुकहरूका लागि जलवायु वित्त
सेभिया (स्पेन), असार १६ – प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारको आवश्यकतामा विशेष