पोखरा पल्टन पोखरा प्रिमियर लिग(पीपीएल)को फाइनलमा प्रवेश गरेको छ। समुह चरणका सबै खेलसकिदा अंकतालिकामा सबै टोलीलाई पछि पार्दै पोखरा फाइनलमा प्रवेश गरेको हो।
शनिबार दिउँसो भएको प्रतियोगिताको समुह चरणको अन्तिम खेलमा चितवन राइनोजले विराटनगर टाइटन्सलाई ४ विकेटले पराजित गरेसँगै प्रतियोगितामा अघिल्लो चरण जाने तीन टोलीको टुंग्गो लागेको हो।
समान ६ अंक भएपनि रनरेटका आधारमा दोस्रो भएको चितवन र तेस्रो स्थानमा रहेको काठमाडौंले इलिमिनेटर खेल्ने भएका छन्। इलिनिमिटेरको विजेता टोलीले फाइनलमा पोखराको सामना गर्नेछ। इलिमिनेटर अाइतबार हुनेछ।
विराटनगरले दिएको १ सय ४६ रनको लक्ष्य चितवनले ४ बल बाँकी छँदै ६ विकेट गुमाएर भेटाएको थियो। चितवनका सन्नी पटेलले ५१, आरिफ सेखले ३५, स्मिथ पटेलले २१ रन जोडेका थिए।
विराटनगरका कप्तान सन्दीपले चार ओभरमा एक ओभर मेडन राख्दै २५ रनमात्रै खर्चेर ४ विकेट लिएपनि टोलीलाई जिताउन सकेनन्। सन्दीपले पहिलो ओभरको पहिलो बलमा नै चितवनका ओपनर हरिशंकर साहलाई बोल्ड पारेका थिए। यस्तै उनले आफ्नो व्यक्तिगत दोस्रो ओभरको पहिलो बलमै चितवनका कप्तान पारस(७)लाई बोल्ड पारेका थिए।
१५ औं ओभरमा व्यक्तिगत तेस्रो ओभरको स्पेल लिएर आएका सन्दीपले चौथो बलमा आरिफ सेख(३५) र अन्तिम बलमा भुवन कार्की(०)को विकेट लिदै चितवनमाथि दबाब थपेका थिए।
तर, सन्नी पटेलले सहाब अलामले फालेको सोह्रौ ओभरको चौथो बलमा छक्कासहित पाँचौ र छैटौं बलमा लगातार चौका प्रहार गर्दै चितवनको पारी अघि बढाएका थिए। पटेलले नै सन्दीपले फालेको उन्नाइसौं ओभरमा दुई छक्का प्रहार गरेपछि चितवनलाई अन्तिम ओभरमा ६ रन आवश्यक बनेको थियो।
किशोर महतोको अन्तिम ओभरमा पटेलले दोस्रो र तेस्रो बलमा लगातार चौका प्रहार गर्दै चितवनलाई जित दिलाएका थिए।
त्यसअघि टस जितेर ब्याटिङ गरेको विराटनगरले ओपनर मोहम्मद जाइद अलामको अर्धशतकीय मद्दतमा निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ४५ रन जोडेको थियो । अलामले ४७ बलको सामना गर्दै ६ चौका र २ छक्काको मद्दतमा ५१ रन जोडेका थिए ।
यस्तै सुनिल धमलाले ४५ बलमा ७ चौकाको मद्दत ४७ रनको पारी खेले भने प्रदीप ऐरीले ११ रनको योगदान दिएका थिए । विराटनगरका कप्तान पारस खड्का र स्मिथ पटेलले २–२ विकेट लिएका थिएका थिए ।
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध
काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई
काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार
-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज
काठमाडौँ, २१ भदौ । ओपनएआईसँग सम्बन्धित मानिएका स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टले आपसमा सञ्चार र