पीपीएल : पोखरा पल्टन फाइनलमा प्रवेश, इलिमिनेटरमा चितवन र काठमाडौं भिड्ने

पोखरा पल्टन पोखरा प्रिमियर लिग(पीपीएल)को फाइनलमा प्रवेश गरेको छ। समुह चरणका सबै खेलसकिदा अंकतालिकामा सबै टोलीलाई पछि पार्दै पोखरा फाइनलमा प्रवेश गरेको हो।

शनिबार दिउँसो भएको प्रतियोगिताको समुह चरणको अन्तिम खेलमा चितवन राइनोजले विराटनगर टाइटन्सलाई ४ विकेटले पराजित गरेसँगै प्रतियोगितामा अघिल्लो चरण जाने तीन टोलीको टुंग्गो लागेको हो।

समान ६ अंक भएपनि रनरेटका आधारमा दोस्रो भएको चितवन र तेस्रो स्थानमा रहेको काठमाडौंले इलिमिनेटर खेल्ने भएका छन्। इलिनिमिटेरको विजेता टोलीले फाइनलमा पोखराको सामना गर्नेछ। इलिमिनेटर अाइतबार हुनेछ।

विराटनगरले दिएको १ सय ४६ रनको लक्ष्य चितवनले ४ बल बाँकी छँदै ६ विकेट गुमाएर भेटाएको थियो। चितवनका सन्नी पटेलले ५१, आरिफ सेखले ३५, स्मिथ पटेलले २१ रन जोडेका थिए। 

विराटनगरका कप्तान सन्दीपले चार ओभरमा एक ओभर मेडन राख्दै २५ रनमात्रै खर्चेर ४ विकेट लिएपनि टोलीलाई जिताउन सकेनन्। सन्दीपले पहिलो ओभरको पहिलो बलमा नै चितवनका ओपनर हरिशंकर साहलाई बोल्ड पारेका थिए। यस्तै उनले आफ्नो व्यक्तिगत दोस्रो ओभरको पहिलो बलमै चितवनका कप्तान पारस(७)लाई बोल्ड पारेका थिए।

१५ औं ओभरमा व्यक्तिगत तेस्रो ओभरको स्पेल लिएर आएका सन्दीपले चौथो बलमा आरिफ सेख(३५) र अन्तिम बलमा भुवन कार्की(०)को विकेट लिदै चितवनमाथि दबाब थपेका थिए।

तर, सन्नी पटेलले सहाब अलामले फालेको सोह्रौ ओभरको चौथो बलमा छक्कासहित पाँचौ र छैटौं बलमा लगातार चौका प्रहार गर्दै चितवनको पारी अघि बढाएका थिए। पटेलले नै सन्दीपले फालेको उन्नाइसौं ओभरमा दुई छक्का प्रहार गरेपछि चितवनलाई अन्तिम ओभरमा ६ रन आवश्यक बनेको थियो।

किशोर महतोको अन्तिम ओभरमा पटेलले दोस्रो र तेस्रो बलमा लगातार चौका प्रहार गर्दै चितवनलाई जित दिलाएका थिए।

त्यसअघि टस जितेर ब्याटिङ गरेको विराटनगरले ओपनर मोहम्मद जाइद अलामको अर्धशतकीय मद्दतमा निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ४५ रन जोडेको थियो । अलामले ४७ बलको सामना गर्दै ६ चौका र २ छक्काको मद्दतमा ५१ रन जोडेका थिए ।

यस्तै सुनिल धमलाले ४५ बलमा ७ चौकाको मद्दत ४७ रनको पारी खेले भने प्रदीप ऐरीले ११ रनको योगदान दिएका थिए । विराटनगरका कप्तान पारस खड्का र स्मिथ पटेलले २–२ विकेट लिएका थिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आन्दोलनका मुद्दा फिर्ता र ‘पक्राउ नगर्ने’ मागमा सिंहदरबारमा तनाब

बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता

मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक

काल, कात्तिक १८ गते। मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक छन्। सरकारका प्रवक्ता तथा सूचना प्रविधि मन्त्री

मलेशियामा श्रमिक पठाउने कम्पनीका लागि दस सर्त

कात्तिक कार्तिक १४, काठमाडौं । मलेसिया लाभासीका श्रमिक पठाउने देश वैदेशिक व्यापार व्यवसाय कम्पनीका लागि

सुशीला कार्की नेतृत्वको सरकार खारेज गरी सर्वपक्षीय अन्तरिम सरकार गठन गर्नुपर्छ : विप्लव

कात्तिक २, काठमाडौं  ।  नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले हालको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार

सेना किन तानियो विवादमा?

आन्दोलनका क्रममा भदौ २४ गते जलाइँदै गरेको राष्ट्रपतिको कार्यालय। राष्ट्रपतिको कार्यालय जोगाउन नसक्दा आलोचना, संविधानले दिएको

नर्सका माग सम्बोधन गर्न सरकारी समिति गठन, पहिलो बैठक आजै

काठमाडौँ, कात्तिक २ गते । सरकारले नर्सिङ स्वास्थ्यकर्मीहरूको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न १४ सदस्यीय समिति