पीपीएल : पोखराको जितसँगै बुटवल र विराटनगर बाहिरिए

नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) अन्तर्गत शनिबारको पहिलो खेलमा पोखरा पल्टनले हुलास काठमाडौं रोयल्सलाई ४ विकेटले पराजित गरेको छ । पोखराको जितसँगै बुटवल ब्लास्टर्स र विराटनगर टाइटन्स प्रतियोगिताबाट बाहिरिएका छन् ।

काठमाडौंले प्रस्तुत गरेको १ सय ४ रनको सामान्य लक्ष्य पछ्याउने क्रममा पोखराले १६ औं ओभरमा ६ विकेट गुमाउँदै जित हात पार्यो । पोखराका लागि मोहमद नविदले सर्वाधिक ३६ रन जोडे । उनले १५ बलको सामना गर्दै ५ छक्का प्रहार गरे । अमरसिंह राउटेलाको १६ औं ओभरको सुरुवाती तीन बलमा उनले लगातार ३ छक्का प्रहार गरेका थिए । रोहित कुमार पौडेलले पनि नटआउट १५ रनको योगदान दिए । रवी इन्दर सिंहले २४ बलमा २ चौकाको मदतले २२ रन जोडे । ओपनर कुशल भुर्तेलले १४ तथा आसिफ शेखले १६ रन जोडे । विनोद भण्डारी खाता नखोली पेभेलियन फर्किए । काठमाडौंका लागि अमरसिंह राउटेलाले ३ तथा सुशन भारी, नन्दन यादव र पवन सर्राफले १-१ विकेट लिए ।

पोखराले काठमाडौंलाई पराजित गरेसँगै हाल पोखरा अंक तालिकामा समान ६-६ अंक बोकेर काठमाडौंसँगै शीर्ष २ स्थानमा उक्लिएको छ । अर्को खेलमा चितवनले विराटनगरविरुद्ध जित हात पारेको खण्डमा चितवन शीर्ष स्थानमा पुग्ने सम्भावना पनि बढेको छ । चितवन पराजित भएमा धनगढी तेस्रो स्थानमा रहेर प्लेअफमा पुग्नेछ ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको काठमाडौंले अन्तिम ओभरमा सबै विकेट गुमाएर १ सय ३ रनको मध्यम योगफल तयार पारेको थियो । खराब सुरुवात गरेको काठमाडौंका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ३१ रनको योगदान दिए । ओपनर अमित श्रेष्ठले २१ रन जोडे । पवन सर्राफ १२ तथा नरेश बुढाएर ६ रनमा पेभेलियन फर्किए । वसन्त रेग्मी १९ रनमा नटआउट रहँदै टोलीलाई १ सय रनको स्कोर कटाउन मदत गरे । उनले १२ बलमा १ चौका र २ छक्का प्रहार गरे ।

काठमाडौंले १३ रन जोड्दा पहिलो विकेटको रुपमा जयकिसन कोल्सावालालाई शुन्यमा गुमाएको थियो । त्यसपछि गौरव तोमर पनि शुन्यमै आउट भए । दुवै विकेट मोहम्मद नाविदले हात पारेका थिए । आदिल खान ७ रनमा रन आउटको शिकार भए । कसिलो बलिङ गरेका मोहम्मद नाभिदले आफ्नो स्पेलको ४ ओभरमा १२ रन खर्चदै २ विकेट लिए । ललित नारायण राजवंशीले ४ ओभरमा १८ रन दिंदै ३ विकेट लिए । राशिद खानले २ तथा विक्रम भुषालले १ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

भदौ २३–२४ को घटनाबारे गहिरो अनुसन्धान आवश्यक, विदेशी जासुसी संलग्नताको आशंका :रविन्द्र मिश्र

काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

एआई एजेन्टले विकीमार्फत सहकार्य गरेको खुलासा

काठमाडौँ, २१ भदौ । ओपनएआईसँग सम्बन्धित मानिएका स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टले आपसमा सञ्चार र