पीपीएल : बुटवललाई ३७ रनले हराउँदै काठमाडौं प्लेअफ नजिक

हुलास काठमाडौं रोयल्सले पोखरामा जारी नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेट प्रतियोगितामा बुटवल ब्लास्टर्सलाई ३७ रनले पराजित गर्दै प्लेअफ नजिक पुगेको छ ।

काठमाडौंले प्रस्तुत गरेको १ सय ७३ रनको लक्ष्य पछ्याउने क्रममा बुटवलले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३५ रनमात्र जोड्न सक्यो । यस जितसँगै काठमाडौं अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । लिगको अन्तिम खेलमा शनिबार पोखरा पल्टनसँग खेलेपछि मात्र प्लेअफ वा फाइनल पुग्ने समीकरण टुङ्गो लाग्नेछ । पराजित टोली बुटवलको पनि प्लेअफ पुग्ने गणितीय सम्भावना भने जिवितै छ । सुरुवाती दुई खेल जितेको बुटवल लगातार तेस्रो हारसँगै प्लेअफ पुग्न अन्य खेलको नतिजामा भर हुनेछ ।

ओपनर सागर पुनलाई तेस्रो ओभरमा १ रनमा गुमाएको बुटवलका लागि यूएईका चिराग सुरी र रोहन मुस्तफाले दोस्रो विकेटका लागि ५१ रनको साझेदारी गरेका थिए । चिराग नवौं ओभरमा ११ रन जोड्दै वसन्त रेग्मीको बलमा एलबीडब्लु भए । त्यसपछि लगातार विकेट गुमाएपछि बुटवलले खेलमा पकड गुमाएको थियो । बुटवलका लागि भीम सार्कीले १२, सिद्धान्त लोहनीले १३, कप्तान सोमपाल कामीले ४ तथा शंकर रानाले ४ रनमात्र जोडे । रोहन मुस्तफाले सर्वाधिक ६१ रनको योगदान दिए । ५१ बलमा ५ चौका र ४ छक्का प्रहार गरेका मुस्तफा वसन्तको बलमै एलबीडब्लु भए । काठमाडौंका लागि अमरसिंह राउटेलाले ३ तथा वसन्त रेग्मी र नन्दन यादवले २-२ विकेट लिए । गौरव तोमरले पनि १ विकेट हात पारे ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ७२ रन बनाएको थियो । काठमाडौंका लागि नरेश बुढाएरले ५८ रनको अविजित अर्धशतकीय इनिङ्स खेले । नरेशले २८ बलमा ५ छक्का र ३ चौका हिर्काए । कप्तान ज्ञानेन्द्र मल्ल २४ रनमा रनमा नटआउट रहे । कप्तान मल्लले १३ बलमा २ चौका र १ छक्का हिर्काए ।

ओपनर जयकिसन कोल्सावालाले ४५ रनको योगदान दिए । ३५ बलमा कोल्सावालाले ३ चौका २ छक्का प्रहार गरे । अघिल्ला खेलमा उच्च प्रदर्शन गरेका गौरव तमोर ११ रनमा आउट भए । ओपनर अमित श्रेष्ठ ४ रनमा आउट भए । विपीन खत्रीले २ विकेट लिए । रोहन मुस्ताफा र मोहम्मद संसाद शेखले १ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

देखासिखी संस्कृतिलाई कडा कानुन बनाएर नियन्त्रण गर्न जरुरी

  अधिवक्ता: तारा निधि पन्त सरलता, आध्यात्मिकता र सामुदायिक भावनामा आधारित रहेको नेपाली संस्कृति आज

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले