बुटवल ब्लास्टर्सले पोखरा प्रिमियर लिगमा लगातार दोस्रो जित हात पारेको छ। बुटवलले आइतबार दिउँसो भएको खेलमा घरेलु टोली पोखरा पल्टनलाई ३३ रनले पराजित गर्दै दोस्रो जित हात पारेको हो।
बुटवलले दिएको एक सय ५० रनको लक्ष्य पछ्याएको पोखरा निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय १७ रनमा समेटिएको थियो।
पोखराका आसिफ सेखले २० तथा कप्तान शरद भेषावकरले १९ बाहेक अन्यले गतिलो प्रदर्शन गर्न सकेनन्।
बुटवलका सोमपाल कामी, विपिन खत्री, ललितसिंह भण्डारी र रोहन मुस्तफाले समान २–२ विकेट लिए । यस्तै सागर पुनले एक विकेट लिए।
जितसँगै बुटवल पीपीएलमा चार अंकका साथ शीर्ष स्थानमा छ।
प्रतियोगितामा सोमबार बिहान विराटनगर टाइटन्सविरुद्ध हुलास काठमाडौं रोयल्स र दिउँसो चितवन रोयल्सविरुद्ध पोखरा पल्टन मैदान उत्रनेछन्।
यसअघि पोखरा रंगशालास्थित क्रिकेट मैदानमा जारी खेलमा टस जितेर ब्याटिङ रोजेको बुटवले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ५० रन बनाएको थियो।
भीमले ४६ बलमा ५४ रन जोडे। उनले तीन छक्का र दुई चौका प्रहार गरे। यस्तै बुटवलका लागि विदेशी खेलाडी यूएईका कप्तान रोहन मुस्तफाले ४५ रन जोडे। ३५ बल खेलेका रोहनले ३ चौका र २ छक्का प्रहार गरे।
यस्तै कप्तान सोमपाल कामीले २२ रन जोडे। ८ बल खेलेका सोमपालले २ चौका र १ छक्का प्रहार गरेका थिए।
पोखराका मोहम्मद नाभिदले तीन तथा महबुब अालम, ललितनारायण राजवंशी र शरद भेषावकरले एक एक विकेट लिएका थिए।
बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता
काल, कात्तिक १८ गते। मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक छन्। सरकारका प्रवक्ता तथा सूचना प्रविधि मन्त्री
कात्तिक कार्तिक १४, काठमाडौं । मलेसिया लाभासीका श्रमिक पठाउने देश वैदेशिक व्यापार व्यवसाय कम्पनीका लागि
कात्तिक २, काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले हालको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार
आन्दोलनका क्रममा भदौ २४ गते जलाइँदै गरेको राष्ट्रपतिको कार्यालय। राष्ट्रपतिको कार्यालय जोगाउन नसक्दा आलोचना, संविधानले दिएको
काठमाडौँ, कात्तिक २ गते । सरकारले नर्सिङ स्वास्थ्यकर्मीहरूको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न १४ सदस्यीय समिति