पीपीएलः बुटवल ब्लास्टर्सद्वारा पोखरा पल्टन ३३ रनले पराजित

बुटवल ब्लास्टर्सले पोखरा प्रिमियर लिगमा लगातार दोस्रो जित हात पारेको छ। बुटवलले आइतबार दिउँसो भएको खेलमा घरेलु टोली पोखरा पल्टनलाई ३३ रनले पराजित गर्दै दोस्रो जित हात पारेको हो।

बुटवलले दिएको एक सय ५० रनको लक्ष्य पछ्याएको पोखरा निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय १७ रनमा समेटिएको थियो।

पोखराका आसिफ सेखले २० तथा कप्तान शरद भेषावकरले १९ बाहेक अन्यले गतिलो प्रदर्शन गर्न सकेनन्।

बुटवलका सोमपाल कामी, विपिन खत्री, ललितसिंह भण्डारी र रोहन मुस्तफाले समान २–२ विकेट लिए । यस्तै सागर पुनले एक विकेट लिए।

जितसँगै बुटवल पीपीएलमा चार अंकका साथ शीर्ष स्थानमा छ।

प्रतियोगितामा सोमबार बिहान विराटनगर टाइटन्सविरुद्ध हुलास काठमाडौं रोयल्स र दिउँसो चितवन रोयल्सविरुद्ध पोखरा पल्टन मैदान उत्रनेछन्।

यसअघि पोखरा रंगशालास्थित क्रिकेट मैदानमा जारी खेलमा टस जितेर ब्याटिङ रोजेको बुटवले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ५० रन बनाएको थियो।

भीमले ४६ बलमा ५४ रन जोडे। उनले तीन छक्का र दुई चौका प्रहार गरे। यस्तै बुटवलका लागि विदेशी खेलाडी यूएईका कप्तान रोहन मुस्तफाले ४५ रन जोडे। ३५ बल खेलेका रोहनले ३ चौका र २ छक्का प्रहार गरे।

यस्तै कप्तान सोमपाल कामीले २२ रन जोडे। ८ बल खेलेका सोमपालले २ चौका र १ छक्का प्रहार गरेका थिए।

पोखराका मोहम्मद नाभिदले तीन तथा महबुब अालम, ललितनारायण राजवंशी र शरद भेषावकरले एक एक विकेट लिएका थिए। 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

देखासिखी संस्कृतिलाई कडा कानुन बनाएर नियन्त्रण गर्न जरुरी

  अधिवक्ता: तारा निधि पन्त सरलता, आध्यात्मिकता र सामुदायिक भावनामा आधारित रहेको नेपाली संस्कृति आज

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले