नेकपाको चियापान कार्यक्रममा कुटाकुट ! (भिडियो)

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले काठमाडौंको भृकुटिमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा आयोजक समुह र बष्किार गर्ने समुह बिच विवाद भएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओली समेत अनुपस्थित रहेको कार्यक्रममा नेकपा भित्रकै चियापान वहिस्कार गर्ने समुहले कार्यक्रमस्थलमा  धमाधम बहिष्कारको पर्चा वितरण गर्न थालेपछि तनावको स्थिती सिर्जना  भएको हो । उनीहरुले वितरण गरिएको पर्चामा विभिन्न ५ बुँदे माग अघि सारिएको छ ।

बहिष्कार पक्षले जारी गरेको ५ बुँदे मागमा एमाले र माओवादी एकतामा कमजोरी भएकाले वैचारिक, सैद्धान्तिक, व्यावहारिक, सांगठनिक रुपमा ५० र ५० को समानताको सिद्धान्तमा एकता गर्नुपर्ने, अन्य वामपन्थी पार्टी लगायतलाई पनि एकता प्रक्रियामा ल्याउनुपर्ने, सरकारको काम प्रभावकारी नभएकाले उच्चस्तरीय सरकार सञ्चालन कार्यदल बनाउनुपर्ने, नेकपा केन्द्रीय कार्यसमिति हचुवाको भरमा बनेको हुँदा तत्काल विघटन गर्नुपर्ने र जनजीविकाको सवालमा कदम चाल्दै सुशासन कायम गर्न माग अघि सारिएको छ।

कार्यक्रम बहिष्कारको माग अगाडि सारेको भन्दै आयोजक नेकपाका कार्यकर्ताले कुटेपिट गरेको भिडियोमा कैद भएको छ। नेकपा कार्यकर्ता बिच झगडा भैरहका बैला नेपाल लाइभले कैद गरेले यो दृश्य हेर्नुहोस् :-

काठमाडौंको भृकुटीमण्डपमा आयोजित शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा अध्यक्ष पुष्प कमल दाहाल र अन्य बरिष्ट नेताहरु भने उपस्थित थिए। अस्वस्थ भएका कारण प्रधानमन्त्री ओली चियापान कार्यक्रममा सहभागि नभएको बताइएको छ। 

दशै तिहार र छठ पर्वको अवसरमा  नेकपाले चियापान कार्यक्रमको आयोजना गरेको हो। चियापान समारोहमा उपस्थित नेता कार्यकर्ता तथा पाहुनाहरुलाई स्वागत गर्दै अध्यक्ष  प्रचण्डले मुलुक नयाँ राजनीतिक कालखण्डमा प्रवेश गरेको दावी गरे।

उनले समृद्धि र समाजवादको नयाँ युगको तयारी गर्ने सर्न्दभमा सांस्कृतिक कार्यक्रमहरुको पनि विशेष महत्व रहेको बताए। चियापान समारोहमा नेताहरु बरिष्ट नेता माधव कुमार नेपाल, वामदेव गौतम, सुवास नेम्वाङ्ग, रामबहादुर थापा वादल लगातको उपस्थिति थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि