शरद भेषावकरको पोखरा पल्टनद्वारा सन्दीपको विराटनगर टाइटन्स पराजित

युवा खेलाडी आशिफ शेखले अर्धशतक बनाएपछि पोखरा पल्टनले नमस्ते पोखरा प्रिमियर लिगमा विजयी शुरुआत गरेको छ । शरद भेषावकरको पोखराले शुक्रबार सन्दीप लामिछानेको विराटनगर टाइटन्सलाई ५८ रनले पराजित गरेको हो । 

आक्रामक ब्याटिङ गरेको पाखरा पल्टनले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय ९७ रनको योगफल बनाएको थियो । १ सय ९८ रनको लक्ष्य पछ्याएको विराटनगर टाइटन्सले ८ विकेट गुमाएर १ सय ३९ रनमात्र बनाउन सक्यो ।

पोखरा रंगशालामा विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका थिए । कप्तान सन्दीपको निर्णय विराटनगरका लागि सही सावित हुन सकेन । घरेलु टोली पोखरा पल्टनका ओपनर कुशल भुर्तेलले आक्रामक ब्याटिङ गर्दै टोलीलाई राम्रो शुरुआत दिए । कुशलले आसिफसँग पहिलो विकेटका लागि ५३ रनको साझेदारी गरे । २६ बलमा ५ चौका र २ छक्का हान्दै ३८ रन जोडेका कुशल सन्दीप लामिछानेको बलमा प्रदीप ऐरीमार्फत् क्याच भए । सातौं ओभरको पहिलो बलमा कुशल आउट हुँदा पोखराले ५३ रन बनाइसकेको थियो ।

त्यसपछि आशिफले संयमित ब्याटिङ गर्दै पोखराको इनिङ उकासे । आशिफले भारतीय खेलाडी रवि इन्दर सिंहसँग दोस्रो विकेटका लागि ९४ रनको साझेदारी गरे । ५४ बलमा ५ चौका र १ छक्का हानेका आसिफ ५२ रन जोड्दा शाहब आलमको बलमा प्रदीप ऐरीको हातबाट क्याच भए । त्यसअघि २७ बलमा २ चौका र ४ छक्कासहित ४४ रन बनाएका रवि इन्दरलाई सन्दीपले पुष्प थापामार्फत क्याच गरेका थिए । 

अग्रपंक्तिका ब्याट्सम्यानले गरेको राम्रो शुरुआतलाई आक्रामक ब्याट्सम्यान विनोद भण्डारीले सुखद अन्त्य गरे । विष्फोटक ब्याटिङ गरेका विनोदले ११ बलमा २ चौका र ५ छक्का हान्दै ४१ अविजित रन बनाए । विनोदलाई पोखराले अक्सनमा २ लाख ५० हजार रकममा अनुबन्ध गरेको हो । कप्तान शरद भेषावकर ७ रनमा अविजित रहे । विराटनगरका सन्दीपले ४ ओभरमा २६ रन दिएर २ विकेट लिए भने शाहब आलमले ४ ओभरमा ३७ रन दिएर १ विकेट लिए ।

१ सय ९८ रनको विजयी लक्ष्य पाएको विराटनगरले राम्रो बलिङमा जस्तै ब्याटिङमा पनि राम्रो शुरुआत गर्न सकेन । पहिलो पाँच ओभरमा विराटनगरले ३ विकेट गुमाएको थियो । ओपनर प्रदीप ऐरी १०, सुनिल धमला ११ र जितेन्द्रसिंह ठकुरी १० रन बनाएर पवेलियन फर्किए । 

विकेटकिपर राजु रिजाल र भारतीय खेलाडी एन्ड्रयू सुविक्षणले चौथो विकेटका लागि ४१ रनको साझेदारी गर्दै विराटनगरको इनिङ उकास्ने प्रयास गरेका थिए । तर १४ रन बनाएका सुविक्षणलाई शसरदले शाहल आलममार्फत् क्याच गरे । लगत्तै २७ बलमा २ चौका र २ छक्का हानेर ३० रन बनाएका राजु पनि ललितको बलमा विकेटकिपर आशिफ शेखबाट क्याच भए । त्यसपछि आएका राजु पुलामीमगरले पनि लामो इनिङ खेल्न सकेनन् । राजु पुलामीमगर ७ रनमा पवेलियन फर्किए ।

त्यसपछि पुष्प थापा र कप्तान सन्दीप लामिछानेले सातौं विकेटका लागि ४१ रनको साझेदारी गर्दै टोलीलाई सम्मानजनक स्कोरतर्फ डोर्याए । २६ बलमा ३ चौका र १ छक्कासहित ३० रन बनाएका पुष्प थापा पनि १८.३ ओभरमा पवेलियन फर्किएपछि विराटनगरको झिनो आशा समाप्त भएको थियो । सन्दीप १४ रनमा अविजित रहे । 

पोखराका ललित राजवंशीले ४ ओभरमा १७ रन दिएर ३ विकेट लिए भने मेहबुबु आलम, कृष्ण कार्की, शरद, रसिद खान र विक्रम भुसालको नाममा १–१ विकेट रह्यो । विराटनगरले अब आइतबार धनगढी ब्लुजसँग प्रतिस्पर्धा गर्नेछ भने सोही दिन पोखराले बुटबल ब्लास्टर्सविरुद्ध खेल्नेछ । 

शनिबार पहिलो खेल चितवन राइनोजविरुद्ध बुटलब ब्लास्टर्स र दोस्रो खेल काठमाडौं रोयल्स र धनगढी ब्लुजबीच हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

व्यक्तिगत डाटा संरक्षण कानुन नहुँदा चोरी र दुरुपयोग बढ्दै

 माघ २० , काठमाडौं। नेपालमा व्यक्तिगत डाटा संरक्षणसम्बन्धी स्पष्ट कानुन र प्रभावकारी नियमन नहुँदा डाटा

विद्यालयको पहुँच बाहिर ७ लाख ७० हजार बालबालिका

माघ १९,काठमाडौँ  । देशभर ७ लाख ७० हजार बालबालिका गरिबी, न्यून आयस्तर, विकट भूगोल र

ट्रम्पका कारण चीन र बेलायतको सम्बन्ध सुधारतर्फ

माघ १५,काठमाडौं । पछिल्लो समय पश्चिमी देशहरू आफ्ना राष्ट्रिय हितको खोजीमा एसियातर्फ केन्द्रित हुन थालेका

अर्को साता मौसमी प्रणाली सक्रिय हुने संकेत, वर्षाको सम्भावना देखियो

 माघ २,काठमाडौं ।  दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना

‘जेनजीका नाममा भएका घटनाको सम्बवन्धमा ओलीकाे अन्तर्राष्ट्रिय मिडियालाइ िदएकाे ताजा अन्तर्वार्ताकाे सार यस्ताे छ’

“जेनजीका नाममा भएका घटनाहरू स्वस्फूर्त होइनन् योजनाबद्ध षड्यन्त्रको परिणाम”   पुस २९,काठमाडौं । जेनजी आन्दोलनका कारण

रिमा विश्वकर्मा र अभिषेक सिंह रास्वपामै रहने संकेत, उज्यालो पार्टीका केही नेताले समानुपातिकबाट नाम फिर्ता लिए

पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा