पीपीएलका मार्की प्लेयरद्वारा ट्रफी सार्वजनिक , यस्ताे छ खेल तालिका !

पर्यटकीय नगर पोखरामा भोलिबाट शुरु हुने नमस्ते पोखरा प्रिमियर लिगको ट्रफी बिहीबार सहभागी ६ टोलीका मार्की प्लेयरले संयुक्त रुपमा सार्वजनिक गरेका छन् ।

1252767458PPL

फेवातालको बीचमा रहेको तालबराही मन्दिरमा ६ फ्रेन्चाइज क्लबका मार्की प्लेयरले प्रतियोगिताको ट्रफी सार्वजनिक गरेका हुन् । ट्वान्टी स्वरुपमा हुने प्रतियोगिताको उद्घाटन खेलमा सन्दीप लामिछानेको विराटनगर टाइटन्स र शरद भेषावकरको पोखरा पल्टनबीच प्रतिस्पर्धा हुनेछ । 

उद्घाटनका दिन एक खेल हुन्छ भने अरु दिन दुई खेल हुनेछन् । पोखरा र विराटनगरबाहेक चितवन राइनोज, धनगढी ब्लुज, काठमाडौं रोयल्स र बुटबल ब्लास्टर्सगरी ६ शहरको नाममा फ्रेन्चाइज क्लब बनाइएको छ । धनगढीमा दीपेन्द्रसिंह ऐरी, काठमाडौंमा ज्ञानेन्द्र मल्ल, चितवनमा पारस खड्का र बुटबलमा सोमपाल कामी मार्की प्लेयर रहेका छन् । 

राउन रोविन लिगका आधारमा हुने प्रतियोगितामा शीर्ष स्थानमा रहने टोली सिधै फाइलनका लागि छनोट हुनेछ । दोस्रो र तेस्रो स्थानको टोलीले फाइनल प्रवेशका लागि इलिमिनेटर चरण पूरा गर्नुपर्नेछ । इलिमिनेटर चरणमा दोस्रो र तेस्रो स्थान रहेको टोली बीचको विजेताले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । 

प्रतियोगिताकै दौरान एकदिवसीय विश्वकप क्रिकेटको ट्रफी नेपाल आउने भएकाले शनिबार खेलस्थल पोखरा क्रिकेट मैदानमा प्रदर्शन गरिनेछ । प्रतियोगिताका सबै खेल पोखरा रंगशालामा हुनेछन् ।

खेल तालिका :-

मिति            समय                  खेल                 
कार्तिक ९ गते        ११ बजे         विराटनगर टाइटन्सविरुद्ध पोखरा पल्टन
कार्तिक १० गते         ९ बजे        चितवन राइनोजविरुद्ध बुटबल ब्लास्टर्स
कार्तिक १० गते        १ः१५ बजे        काठमाडौं रोयल्सविरुद्ध धनगढी ब्लुज
कार्तिक ११ गते        ९ बजे        विराटनगर टाइटन्सविरुद्ध धनगढी ब्लुज
कार्तिक ११ गते        १ः१५ बजे        बुटबल ब्लास्टर्सविरुद्ध पोखरा पल्टन
कार्तिक १२ गते        ९ बजे        विराटनगर टाइटन्सविरुद्ध काठमाडौं रोयल्स
कार्तिक १२ गते        १ः१५ बजे        चितवन राइनोजविरुद्ध पोखरा पल्टन
            
कार्तिक १४ गते        ९ वजे         चितवन राइनोजविरुद्ध धनगढी ब्लुज
कार्तिक १४ गते        १ः३० बजे        विराटनगर टाइटनसविरुद्ध बुटबल ब्लास्टर्स
कार्तिक १५ गते        ९ बजे        चितवन राइनोजविरुद्ध काठमाडौं रोयल्स
कार्तिक १५ गते        १ः३० बजे        धनगढी ब्लुजविरुद्ध बुटबल ब्लास्टर्स
कार्तिक १६ गते        ९ बजे        पोखरा पल्टनविरुद्ध धनगढी ब्लुज
कार्तिक १६ गते        १ः३० बजे        बुटबल ब्लास्टर्सविरुद्ध काठमाडौं रोयल्स
कार्तिक १७ गते        ९ बजे        काठमाडौं रोयल्सविरुद्ध पोखरा पल्टन
कार्तिक १७ गते         १ः३० बजे        विराटनगर टाइटन्सविरुद्ध चितवन राइनोज
कार्तिक १८ गते        ९ बजे        इलिमिनेटर (दोस्रो स्थानको टोलीविरुद्ध तेस्रो स्थानको टोली)

कार्तिक २० गते        ९ बजे        फाइनल(लिगको शीर्ष टोलीविरुद्ध इलिमिनेटरको विजेता)

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

भदौ २३–२४ को घटनाबारे गहिरो अनुसन्धान आवश्यक, विदेशी जासुसी संलग्नताको आशंका :रविन्द्र मिश्र

काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

एआई एजेन्टले विकीमार्फत सहकार्य गरेको खुलासा

काठमाडौँ, २१ भदौ । ओपनएआईसँग सम्बन्धित मानिएका स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टले आपसमा सञ्चार र