पीपीएलका मार्की प्लेयरद्वारा ट्रफी सार्वजनिक , यस्ताे छ खेल तालिका !

पर्यटकीय नगर पोखरामा भोलिबाट शुरु हुने नमस्ते पोखरा प्रिमियर लिगको ट्रफी बिहीबार सहभागी ६ टोलीका मार्की प्लेयरले संयुक्त रुपमा सार्वजनिक गरेका छन् ।

1252767458PPL

फेवातालको बीचमा रहेको तालबराही मन्दिरमा ६ फ्रेन्चाइज क्लबका मार्की प्लेयरले प्रतियोगिताको ट्रफी सार्वजनिक गरेका हुन् । ट्वान्टी स्वरुपमा हुने प्रतियोगिताको उद्घाटन खेलमा सन्दीप लामिछानेको विराटनगर टाइटन्स र शरद भेषावकरको पोखरा पल्टनबीच प्रतिस्पर्धा हुनेछ । 

उद्घाटनका दिन एक खेल हुन्छ भने अरु दिन दुई खेल हुनेछन् । पोखरा र विराटनगरबाहेक चितवन राइनोज, धनगढी ब्लुज, काठमाडौं रोयल्स र बुटबल ब्लास्टर्सगरी ६ शहरको नाममा फ्रेन्चाइज क्लब बनाइएको छ । धनगढीमा दीपेन्द्रसिंह ऐरी, काठमाडौंमा ज्ञानेन्द्र मल्ल, चितवनमा पारस खड्का र बुटबलमा सोमपाल कामी मार्की प्लेयर रहेका छन् । 

राउन रोविन लिगका आधारमा हुने प्रतियोगितामा शीर्ष स्थानमा रहने टोली सिधै फाइलनका लागि छनोट हुनेछ । दोस्रो र तेस्रो स्थानको टोलीले फाइनल प्रवेशका लागि इलिमिनेटर चरण पूरा गर्नुपर्नेछ । इलिमिनेटर चरणमा दोस्रो र तेस्रो स्थान रहेको टोली बीचको विजेताले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । 

प्रतियोगिताकै दौरान एकदिवसीय विश्वकप क्रिकेटको ट्रफी नेपाल आउने भएकाले शनिबार खेलस्थल पोखरा क्रिकेट मैदानमा प्रदर्शन गरिनेछ । प्रतियोगिताका सबै खेल पोखरा रंगशालामा हुनेछन् ।

खेल तालिका :-

मिति            समय                  खेल                 
कार्तिक ९ गते        ११ बजे         विराटनगर टाइटन्सविरुद्ध पोखरा पल्टन
कार्तिक १० गते         ९ बजे        चितवन राइनोजविरुद्ध बुटबल ब्लास्टर्स
कार्तिक १० गते        १ः१५ बजे        काठमाडौं रोयल्सविरुद्ध धनगढी ब्लुज
कार्तिक ११ गते        ९ बजे        विराटनगर टाइटन्सविरुद्ध धनगढी ब्लुज
कार्तिक ११ गते        १ः१५ बजे        बुटबल ब्लास्टर्सविरुद्ध पोखरा पल्टन
कार्तिक १२ गते        ९ बजे        विराटनगर टाइटन्सविरुद्ध काठमाडौं रोयल्स
कार्तिक १२ गते        १ः१५ बजे        चितवन राइनोजविरुद्ध पोखरा पल्टन
            
कार्तिक १४ गते        ९ वजे         चितवन राइनोजविरुद्ध धनगढी ब्लुज
कार्तिक १४ गते        १ः३० बजे        विराटनगर टाइटनसविरुद्ध बुटबल ब्लास्टर्स
कार्तिक १५ गते        ९ बजे        चितवन राइनोजविरुद्ध काठमाडौं रोयल्स
कार्तिक १५ गते        १ः३० बजे        धनगढी ब्लुजविरुद्ध बुटबल ब्लास्टर्स
कार्तिक १६ गते        ९ बजे        पोखरा पल्टनविरुद्ध धनगढी ब्लुज
कार्तिक १६ गते        १ः३० बजे        बुटबल ब्लास्टर्सविरुद्ध काठमाडौं रोयल्स
कार्तिक १७ गते        ९ बजे        काठमाडौं रोयल्सविरुद्ध पोखरा पल्टन
कार्तिक १७ गते         १ः३० बजे        विराटनगर टाइटन्सविरुद्ध चितवन राइनोज
कार्तिक १८ गते        ९ बजे        इलिमिनेटर (दोस्रो स्थानको टोलीविरुद्ध तेस्रो स्थानको टोली)

कार्तिक २० गते        ९ बजे        फाइनल(लिगको शीर्ष टोलीविरुद्ध इलिमिनेटरको विजेता)

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना