पर्यटकीय नगर पोखरामा भोलिबाट शुरु हुने नमस्ते पोखरा प्रिमियर लिगको ट्रफी बिहीबार सहभागी ६ टोलीका मार्की प्लेयरले संयुक्त रुपमा सार्वजनिक गरेका छन् ।

फेवातालको बीचमा रहेको तालबराही मन्दिरमा ६ फ्रेन्चाइज क्लबका मार्की प्लेयरले प्रतियोगिताको ट्रफी सार्वजनिक गरेका हुन् । ट्वान्टी स्वरुपमा हुने प्रतियोगिताको उद्घाटन खेलमा सन्दीप लामिछानेको विराटनगर टाइटन्स र शरद भेषावकरको पोखरा पल्टनबीच प्रतिस्पर्धा हुनेछ ।
उद्घाटनका दिन एक खेल हुन्छ भने अरु दिन दुई खेल हुनेछन् । पोखरा र विराटनगरबाहेक चितवन राइनोज, धनगढी ब्लुज, काठमाडौं रोयल्स र बुटबल ब्लास्टर्सगरी ६ शहरको नाममा फ्रेन्चाइज क्लब बनाइएको छ । धनगढीमा दीपेन्द्रसिंह ऐरी, काठमाडौंमा ज्ञानेन्द्र मल्ल, चितवनमा पारस खड्का र बुटबलमा सोमपाल कामी मार्की प्लेयर रहेका छन् ।
राउन रोविन लिगका आधारमा हुने प्रतियोगितामा शीर्ष स्थानमा रहने टोली सिधै फाइलनका लागि छनोट हुनेछ । दोस्रो र तेस्रो स्थानको टोलीले फाइनल प्रवेशका लागि इलिमिनेटर चरण पूरा गर्नुपर्नेछ । इलिमिनेटर चरणमा दोस्रो र तेस्रो स्थान रहेको टोली बीचको विजेताले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिताकै दौरान एकदिवसीय विश्वकप क्रिकेटको ट्रफी नेपाल आउने भएकाले शनिबार खेलस्थल पोखरा क्रिकेट मैदानमा प्रदर्शन गरिनेछ । प्रतियोगिताका सबै खेल पोखरा रंगशालामा हुनेछन् ।
खेल तालिका :-
मिति समय खेल
कार्तिक ९ गते ११ बजे विराटनगर टाइटन्सविरुद्ध पोखरा पल्टन
कार्तिक १० गते ९ बजे चितवन राइनोजविरुद्ध बुटबल ब्लास्टर्स
कार्तिक १० गते १ः१५ बजे काठमाडौं रोयल्सविरुद्ध धनगढी ब्लुज
कार्तिक ११ गते ९ बजे विराटनगर टाइटन्सविरुद्ध धनगढी ब्लुज
कार्तिक ११ गते १ः१५ बजे बुटबल ब्लास्टर्सविरुद्ध पोखरा पल्टन
कार्तिक १२ गते ९ बजे विराटनगर टाइटन्सविरुद्ध काठमाडौं रोयल्स
कार्तिक १२ गते १ः१५ बजे चितवन राइनोजविरुद्ध पोखरा पल्टन
कार्तिक १४ गते ९ वजे चितवन राइनोजविरुद्ध धनगढी ब्लुज
कार्तिक १४ गते १ः३० बजे विराटनगर टाइटनसविरुद्ध बुटबल ब्लास्टर्स
कार्तिक १५ गते ९ बजे चितवन राइनोजविरुद्ध काठमाडौं रोयल्स
कार्तिक १५ गते १ः३० बजे धनगढी ब्लुजविरुद्ध बुटबल ब्लास्टर्स
कार्तिक १६ गते ९ बजे पोखरा पल्टनविरुद्ध धनगढी ब्लुज
कार्तिक १६ गते १ः३० बजे बुटबल ब्लास्टर्सविरुद्ध काठमाडौं रोयल्स
कार्तिक १७ गते ९ बजे काठमाडौं रोयल्सविरुद्ध पोखरा पल्टन
कार्तिक १७ गते १ः३० बजे विराटनगर टाइटन्सविरुद्ध चितवन राइनोज
कार्तिक १८ गते ९ बजे इलिमिनेटर (दोस्रो स्थानको टोलीविरुद्ध तेस्रो स्थानको टोली)
कार्तिक २० गते ९ बजे फाइनल(लिगको शीर्ष टोलीविरुद्ध इलिमिनेटरको विजेता)
पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,
भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति
चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत
अधिवक्ता: तारा निधि पन्त सरलता, आध्यात्मिकता र सामुदायिक भावनामा आधारित रहेको नेपाली संस्कृति आज
काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत
काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले