अस्ट्रेलियाको बिग बासमा सन्दीप लामिछाने,पारिश्रमिक कम्तीमा ६० हजार डलर !

नेपालका युवा सनसनी बलर सन्दीप लामिछानेले अस्ट्रेलियाको बिग बास क्रिकेट लिग खेल्ने भएका छन् । 

sandeep

उनलाई मेलबर्न स्टार्सले आउँदो सिजनका लागि लिएको छ । 

सन्दीपले कीर्तिमानी रकममा बिग बास खेल्न लागेका हुन् । उनी बिग बास खेल्ने एसोसिएट राष्ट्रकै पहिलो क्रिकेटर हुनेछन् । 

१८ बर्षे लेग स्पिनर सन्दीप मेलबर्नबाट दुई सत्रमा खेल्नेछन् । उनी बिग बास खेल्न डिसेम्बर १० मा अस्ट्रेलिया पुग्नेछन् । 

‘सन्दीपको पारिश्रमिकबारे सबै टुंगो भने लागेको छैन । प्रतिम्याचका हिसाबमा वा प्रतियोगिताभरिका लागि पनि हुन सक्छ । तर उनले कम्तीमा ६० हजार डलर पाउने छन्’, सन्दीपका व्यवस्थापक एवं नेपाली क्रिकेट टोलीका टेक्निकल एनालिस्ट रमन सिवाकोटीले भने । आजको कान्तिपुरमा समाचार  छापिएको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

नेपालको ब्रेन ड्रेनदर उच्च

देशमा विद्यार्थी र श्रमिक फिर्ता नीति तथा ‘डायस्पोरा नेटवर्क’ विकास गर्नुपर्छ   कात्तिक , २८  

मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक

काल, कात्तिक १८ गते। मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक छन्। सरकारका प्रवक्ता तथा सूचना प्रविधि मन्त्री

सर्वोच्च अदालतमा आंशिक सेवा सुरु

काठमाडौँ, असोज २७ गते । करीब एक महिनापछि सर्वोच्च अदालतले आंशिक रूपमा सेवा प्रवाह सुरु

तीन दिनसम्म जलिरह्यो सर्वोच्च, ललितपुरको दमकलले निभायो आगो

काठमाडौँ, असोज ५  गते।जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते राजधानीमा राज्यका तीन प्रमुख निकाय—प्रधानमन्त्रीको कार्यालय

जेनजी आन्दोलनमा घुसपैठ भएको दाबी, सहभागी युवाहरुलाई फिर्ता हुन आह्

काठमाडौं, भदौ २३ गते । जेनजी नेपालले आफ्नो आन्दोलनमा घुसपैठ भएको भन्दै सहभागी युवाहरुलाई सुरक्षित