सेभिल्लालाई पराजित गर्दै बार्सिलोना शीर्षस्थानमा !

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत शनिबार भएको खेलमा बार्सिलोनाले सेभिल्लालाई ४-२ ले पराजित गरेको छ । यस जितसँगै बार्सिलोना अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

बार्सिलोनाले खेलको दोस्रो मिनेटमै गोल गर्दै अग्रता लिएको थियो । कप्तान लिअोनेल मेसीको पासमा फिलिप कोउटिन्होले सुरुवाती गोल गरेका थिए । १२ अौं मिनेटमा कप्तान मेसीले नै अग्रता दोब्बर पारे । उनले अर्का फरवार्ड लुइस सुअारेजको पासमा कुनै गल्ती गरेनन् । पहिलो हाफमा केहि थप अवसर सिर्जना गरेपनि बार्सिलोना अग्रता बढाउन असफल रह्यो ।Image result for barca vs sevilla

खेलको २६ औं मिनेटमा बार्सिलोनालाई ठूलो धक्का लाग्यो । फ्रान्को भाज्केज र लिओनेल मेसी बलको लागि जुध्दा लड्ने क्रममा मेसीको हातमा चोट लाग्यो । लगत्तै मेसीको स्थानमा ओस्मान डेम्बेले मैदान प्रवेश गरे । मेसीको अनुपस्थितिका बाबजुद पनि बार्सिलोनाले सेभिल्लालाई कमै मौका दिएको थियो ।

दोस्रो हाफको ६३ औं मिनेटमा लुइस सुआरेजले बार्सिलोनालाई ३-० ले अगाडी पुर्याए । गोलरक्षक टोमस भाक्लिकको गल्तीमा सुआरेजले प्राप्त पेनाल्टीलाई सहजै गोल गरे । ७९ औं मिनेटमा पाब्लो सराबियाले सेभिल्लाक लागि गोल फर्काए । इभान राकीटिचले ८८ औं मिनेटमा गोल गर्दै पुन ३ गोलको अग्रता कायम गरे  । अन्तिम मिनेटमा सेभिल्लाका लुइस मुरिएलले गोल गर्दै खेल ४-२ को स्थितिमा ल्याए ।

यस जितसँगै बार्सिलोना अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ । बार्सिलोनाले ९ खेलमा १८ अंक जोडेको छ । दोस्रो स्थानको अलाभेसले ९ खेलमा १७ अंक तथा तेस्रो र चौथो स्थानका सेभिल्ला र एटलेटिको म्याड्रिड समान १६ अंकमा छन् । रियल म्याड्रिड १४ अंकसहित पाँचौ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि