नेयमारले ह्याट्रिक गरेको खेल ‘म्याच फिक्सिङ’को आशंका

पेरिस (एजेन्सी) – गत साता युरोपेली च्याम्पियन्स लिग अन्तर्गत नेयमारले ह्याट्रिक गरेपछि पेरिस सेन्ट जर्मेन (पीएसजी) ले सर्बियाली क्लब रेड स्टार बेल्ग्रेडविरुद्ध ६-१ को नतिजा निकालेको थियो । तर उक्त खेलमाथि यूईएफएले छानबिन गर्ने भएको छ ।

सर्बियाली क्लब रेड स्टार बेलग्रेडका एक पदाधिकारीले ‘५ गोलको हार’ हुने शीर्षकमा आफ्नै क्लबविरुद्ध करोडौं रुपैयाँ बाजी राखेको भेटिएपछि खेलमा म्याच फिक्सिङको छानबिन गरिने भएको हो । उक्त खेलको स्थितिबारे फ्रान्सेली प्रहरीले जाँच गरिरहेको इंग्लिस समाचार श्रोत द सन ले जनाएको छ । यदि यो आरोप प्रमाणित भएमा क्लबले ठूलो कारवाहीको सामना गर्नुपर्ने छ 

श्रोतका अनुसार यस प्रक्रियामा अन्य व्यक्तिहरुको पनि संलग्नता रहेको पाइएको छ । खेल हुने केहि दिन अगाडी नै बाजी राखिएको हुनाले खेलमाथि थप शंका उत्पन्न भएको हो । उक्त खेलमा ब्राजिलियन स्टार नेयमारले ह्याट्रिक प्रहार गरेका थिए । खेल अवधिभर लिग वान च्याम्पियन पीएसजीले ३४ सट प्रहार गर्दा बेलग्रेडले ५ पटक मात्र पोस्टमा आक्रमण गरेको थियो ।

एकपक्षीय रहेको खेलमा पीएसजीले ७४ प्रतिशत बल पोसेसन आफ्नो पकडमा राखेको थियो । पीएसजीले १३ पटक कर्नर जित्दा बेलग्रेडले कुनै कर्नर पाएको थिएन । खेलको अन्य गोल एडिन्सन कभानी, एन्जल डी मारिया र किलियन एमबाप्पेले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद