नेयमारले ह्याट्रिक गरेको खेल ‘म्याच फिक्सिङ’को आशंका

पेरिस (एजेन्सी) – गत साता युरोपेली च्याम्पियन्स लिग अन्तर्गत नेयमारले ह्याट्रिक गरेपछि पेरिस सेन्ट जर्मेन (पीएसजी) ले सर्बियाली क्लब रेड स्टार बेल्ग्रेडविरुद्ध ६-१ को नतिजा निकालेको थियो । तर उक्त खेलमाथि यूईएफएले छानबिन गर्ने भएको छ ।

सर्बियाली क्लब रेड स्टार बेलग्रेडका एक पदाधिकारीले ‘५ गोलको हार’ हुने शीर्षकमा आफ्नै क्लबविरुद्ध करोडौं रुपैयाँ बाजी राखेको भेटिएपछि खेलमा म्याच फिक्सिङको छानबिन गरिने भएको हो । उक्त खेलको स्थितिबारे फ्रान्सेली प्रहरीले जाँच गरिरहेको इंग्लिस समाचार श्रोत द सन ले जनाएको छ । यदि यो आरोप प्रमाणित भएमा क्लबले ठूलो कारवाहीको सामना गर्नुपर्ने छ 

श्रोतका अनुसार यस प्रक्रियामा अन्य व्यक्तिहरुको पनि संलग्नता रहेको पाइएको छ । खेल हुने केहि दिन अगाडी नै बाजी राखिएको हुनाले खेलमाथि थप शंका उत्पन्न भएको हो । उक्त खेलमा ब्राजिलियन स्टार नेयमारले ह्याट्रिक प्रहार गरेका थिए । खेल अवधिभर लिग वान च्याम्पियन पीएसजीले ३४ सट प्रहार गर्दा बेलग्रेडले ५ पटक मात्र पोस्टमा आक्रमण गरेको थियो ।

एकपक्षीय रहेको खेलमा पीएसजीले ७४ प्रतिशत बल पोसेसन आफ्नो पकडमा राखेको थियो । पीएसजीले १३ पटक कर्नर जित्दा बेलग्रेडले कुनै कर्नर पाएको थिएन । खेलको अन्य गोल एडिन्सन कभानी, एन्जल डी मारिया र किलियन एमबाप्पेले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि