फिल्म ‘मणिकर्णिका’ इतिहासकी प्रख्यात महारानी झाँसीकी रानीको भूमिकामा देखिएकी अभिनेत्री कंगना रनावतले यो फिल्मका लागि कठोर परिश्रम गरेकी छिन् । उनको परिश्रम एकदमै सराहनिय यो मानेमा छ कि उनले यस फिल्मका लागि पसिनाको साथै रगत पनि बगाएकी छिन् ।

कंगनाले एक अन्तरवार्तामा फिल्मको छायांकनको दौरान उनको शिरमा तरवारको चोट लागेको बताइन् । यसकारण उनको छायांकन पनि रोकिएको थियो । अस्पतालमा पुगेपछि उनको चोटमा १६ वटा टाँचा लगाइएको थियो ।
चोटका बावजूद पनि कंगनाले फिल्मलाई पुरा गर्न कुनै कसर बाँकी राखिनन् । फिल्म मणिकर्णिकामा कंगनाको लुक्स अहिले निकै चर्चामा छ । कंगना फिल्ममा एउटा विरगंनाको भूमिकामा देखिन पाएको सौभाग्य ठानेको बताउँछिन् । आफुले झाँसीकी रानीजस्तो विरंगनाको जीवनकहानी बुझ्नलाई धेरै मेहेनत गरेको बताउँछिन् ।
चोट लागेपछि आफुलाई विरगंना हुनुको पीडा थाहा भएको बताइन् । वास्तवमै यो फिल्मले कंगनालाई धेरै नै प्रेरणा दिएको छ । यी सबै कारण नै उनले फिल्म गर्न सहमति दिएकी थिइन् । फिल्म २५ जनावरी, २०१९ मा रिलिज हुँदैछ ।
जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत
भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै
पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो
काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित
हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको