वाइडबडी खरिदको अनियमिततामा अख्तियारको अनुसन्धान

असोज १८, काठमाडौं ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल एयरलाइन्सको वाइडबडी विमान खरिदको अनियमितता छानविन सुरु गरेको छ।

‘वाइडबडी जहाज खरिदमा भएको अनियमितामाथि छानविन सुरु गरिसक्यौँ,’ प्रतिनिधिसभा राज्य व्यवस्था समितिको बैठकमा बुधवार अख्तियारका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले भने, ‘भ्रष्टाचारमा संलग्न जो–कोहीलार्ई कारवाहीको दायरामा ल्याउँछौं।’

एयरलाइन्सले दुइटा वाइडबडी विमान उत्पादक कम्पनीसँग नकिनी बिचौलियासँग करिब २४ अर्ब रुपैयाँमा किनेको थियो। त्यसमा बिचौलियाका नाटकीय कम्पनी खोलिएका थिए। त्यसको म्याक्सिमम टेक–अफ वेट (एमटीओडब्लु) समेत सम्झौताभन्दा कम ल्याएको थियो। त्यसमा अन्नपूर्ण पोस्ट्ले अनुसन्धानमूलक शृंखलाबद्ध सामग्री प्रकाशन गर्दै आएको छ।

अख्तियारले जननिर्वाचित पदाधिकारी ठेक्कापट्टामा लाग्दा स्थानीय तहमा व्यापक भ्रष्टाचार बढेको भन्दै संसदको ध्यानाकर्षण गराएको छ। स्थानीय तहका पदाधिकारी आर्फैले एक्जाभेटर किन्ने, मनलाग्दी भाडा असुल्ने र आफै ठेक्कापट्टामा संलग्न हुने प्रवत्ति बढेका कारण त्यहाँका उजुरीका चाङ्ग लागेको अख्तियारको भनाई छ।

बैठकमा प्रमुख आयुक्त घिमिरेले आयोगमा सबैभन्दा बढी स्थानीय तहमा भएका भ्रष्टाचारको उजुरी रहेको जनाए। समिति र संसदले यसमा गम्भीर भएर सोच्नुपर्ने उनले औल्याए। ‘यही स्थिति रहे भोलिको नेपाल कस्तो बन्ला ? ’ समितिमा अख्तियार सचिव महेश्वर न्यौपानेले भने, ‘हप्ता हप्तामा स्थानीय तहका भ्रष्टाचारसम्बन्धी पोकाका पोका उजुरी आयोगमा जम्मा हुने गरेका छन्।’

अख्तियारले खरिदार/सुब्बालाई मात्र भ्रष्टाचारमा समात्ने गरेको र ठूला भ्रष्टाचारीलाई उन्मुक्ति दिइरहेको सांसदहरुले असन्तुष्टि जनाएका थिए। जवाफमा प्रमुख आयुक्त घिमिरेले २ रुपैया भ्रष्टचार गर्ने र करोडौ भ्रष्टाचार गर्ने जो कोही पनि कारवाहीमा पर्ने बताए। ‘सरकारी कार्यालयमा जांदा कछाडको छेउमा राखेको १० रुपैयाँ पनि घुस माग्ने र करोडौ घुस खाने उस्तै हुन,’ घिमिरेले भने, ‘कछाडको १० रुपैया पनि घुस माग्नु बढी सम्वेदनशिल हो।’

अख्तियारको कार्यक्षेत्रमा नपर्ने भन्दै साना साना विषयका निर्णय पनि मन्त्रिपरिषद् बैठकबाट गर्ने प्रचलन बढेको भन्दै घिमिरेले असन्तुष्टि जनाए।

‘१ हजार किलोमिटर पाइप किन्ने निर्णय पनि नितिगत भन्दै मन्त्रिपरिषदबाट गर्न थालियो,’ घिमिरेले असन्तुष्टि जनाए। अख्तियारमा अर्बौ भ्रष्टाचारका उजुरी परेपनि गत आर्थिक वर्षमा भने ४० करोड मात्रको छानविन भएको थियो। ‘अख्तियारले दायर गर्ने ८० प्रतिशत मुद्धा सफल हुने गरि काम गर्छु,’ प्रमुख आयुक्त घिमिरले भने,‘अव गोप्य रुपमा छानविन गर्छाै र कमजोरी भेटिए मात्र विवरण भराइन्छ।’

विगतमा तर्साउनलाई १३ पन्ने विवरण भराउने गरिएको भन्दै सांसदहरुले असन्तुष्टि जनाएका थिए। अख्तियार प्रमुख घिमिरेले १३ पन्नेको सट्टा १४ पन्ने बनाइएको र अब त्यसको दुरुपयोग नहुने प्रतिवद्धता जनाए। – अन्नपूूर्ण पोस्ट

 
 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

भदौ २३–२४ को घटनाबारे गहिरो अनुसन्धान आवश्यक, विदेशी जासुसी संलग्नताको आशंका :रविन्द्र मिश्र

काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज