आलिया र रणवीरले गोप्य इंगेजमेन्ट गरेको आमा नितू सिंहको खुलासा

२८ सेप्टेम्बर बलिउड अभिनेता रणवीर कपुरको जन्मदिनको अवसरलाई पारेर बलिउडका दुई ठूला परिवार कपुर र भट्टले आफ्नो मित्रतालाई औपचारिक रुपमा नातेदारीमा बदल्ने फैसला गरेका छन् ।

alia-bhatt-768x432

पछिल्लो हप्ता रणवीर र आलिया भट्टले गोप्यरुपमा इंगेजमेन्ट गरेको खबर अहिले बलिउडमा चर्चामा छ । यद्यपि यस खबरबारे हालसम्म कसैले पुष्टि भने गरेको छैन ।

तर यी दुवैले अबका दिनमा साथै रहने फैसला गरेका छन् । यी दुईको इंगेजमेन्टको चर्चा तब बाहिर आयो जब सामाजिक सञ्जालमा रणवीरकी आमा नितु सिंहले पोस्ट गरेको एउटा तस्वीरमा यी दुवै आफ्ना आमाहरुसँग देखिएका छन् ।

रणवीरको जन्मदिनको अवसरमा नितू सिंहले त्यस तस्बिर सामाजिक सञ्जालको अकाउन्टमा पोस्ट गरेकी थिइन् ।

जानकारहरुका अनुसार त्यस प्रकारको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेपछि बाहिर यसको चर्चाहरु ज्ञानको वावजूद पनि नितूले त्यसलाई पोस्ट गर्नुले पारिवारिक गठबन्धनबारे उनी खुल्न चाहन्छिन् भन्ने संकेत गरेको छ ।

बिटाउनमा चलेको चर्चा अनुसार रणवीरको जन्मदिनको अवसरमा यी दुईले निकै नै साधारण परम्परागत कपडामा इंगेजमेन्ट गरेका थिए ।

दुवै परिवारले २०२० सम्म रणवीर र आलियाको विवाह सम्पन्न गराउने तयारी गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बिजुलीमा ५ प्रतिशत भ्याट लगाउने निर्णयको विरोध, लाखौँ उपभोक्ता प्रभावित हुने चिन्ता

 जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत

टिकटकको प्रतिबन्ध सबै इन्टरनेटमा खुल्यो

भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको