क्रिकेट रङ्गशाला बनाउन प्रचण्डको आग्रह

 नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाँच वर्षमा के के काम गर्ने भन्ने प्राथमिकता तोकेर अघि बढ्नुपर्ने बताउनुभएको छ । जिल्ला समन्वय समितिको दोस्रो जिल्लासभाको आज यहाँ उद्घाटन गर्दै उहाँले जिल्लामा सभाकक्ष, रङ्गशाला र औद्योगिक क्षेत्रको काम तीव्र गतिमा अघि बढाउनुपर्छ भन्दै दुई विश्वविद्यालयसँग सहमति गरेर क्रिकेट रङ्गशाला बनाउनुपर्ने बताउनुभयो । पूर्वप्रधानमन्त्री तथा वर्तमान सांसद दाहालले जिल्लालाई देशकै नमूना जिल्ला बनाउने गरी विकासमा जुृट्न सबैलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा पूर्वअर्थमन्त्री एवं सांसद सुरेन्द्रप्रसाद पाण्डेले विकासको स्वरुपको विषयमा छलफल गरेर अघि बढ्नुपर्ने बताउनुभयो । सांसद कृष्णभक्त पोखरेलले समृद्धि र विकासको नेतृत्व जिल्लाले लिएर अघि बढ्नुपर्ने बताउनुभयो । सो अवसरमा राष्ट्रियसभा सदस्य दिलकुमारी रावल, प्रदेश नं ३ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामा, नेकपाका नेता देवी ज्ञवाली, नेपाली काँग्रेस चितवनका सचिव उत्तम जोशीलगायतले बोल्नुभएको थियो । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटीले आर्थिक वर्ष २०७५÷७६ का लागि नीति तथा कार्यक्रम पेश गर्नुभएको थियो ।(रासस) 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद