September 22, 2018

आठबूँदे सहमती पछि सवारी चालक संघर्ष समितिद्धारा आन्दोलन फिर्ता

काठमाडौँ । सरकार र आन्दोलनरत सवारी चालक संघर्ष समिति बिच शुक्रबार आठ बूँदे सहमती भएको छ । सरकारले लागु गरेको सवारी साधन तथा यातायात व्यवस्था ऐनको संसोेधन गर्नुपर्ने माग राख्दै वुधबारदेखी आन्दोलनरत चालक हरुले सरकार संग आठ बूँदे सहमती भएपछि आन्दोलन फिर्ता लिएका हुन ।

शुक्रबार सिंहदरबारमा बसेको दुईपक्षिय वार्तामा जेलमा रहेका चालकहरुलाई पनि सरकारले तत्काल रिहा गर्न सहमत भएको हो । वार्तामा सरकारले लागु गरेको ऐनमा पनि पुनर्बिचार गर्न सहमत भएको छ । सहमति पत्रमा भनिएको छ , ‘कानुनी मामिलामा भौतिक, पुर्वाधार तथा यातायात मन्त्रालयले कानुन, न्याय तथा संसदिय मामिला मन्त्रालयसंग समन्वय गरि संसोधन गर्नुपर्ने भएमा भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले संसोधन सम्वन्धी काम गर्ने छ ।’

त्यस्तै सरकारले सडकमा ट्राफिक बत्ति तथा बाटोहरुको मर्मतसम्भार गरि भौतिक अवस्था मजवुत राख्ने र सवारी साधन दुर्घटनामा परे निष्पक्ष छानविन गर्ने प्रतिवद्धता गरेको छ ।
सवारी साधनहरुको नियमित चेकजाँच गर्ने जिम्मा पनि सरकारले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

पुनर्स्थापनामा केन्द्रित सरकार, ९३९ शव फेला

  काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट