September 20, 2018

बिप्लबलाई करोडौं बुझाए तर राज्यलाई कर तिरेनन यिनीहरूले !

काठमाडौं, असोज ४,   ठूला करदाता जस्ले  राज्यलाई  कर तिरेेेनन तर बिप्लब माओवादीलाई  करोडौं बुझाए ।विप्लव समूहका प्रवक्ता खड्गप्रसाद विश्वकर्मा (प्रकाण्ड) पक्राउ परेलगत्तै फेला परेको एउटा डायरीमा थोरै विवरण उल्लेख भए पनि भर्खरै हात लागेको अर्को टिपोटमा विप्लवका मुख्य मुख्य आर्थिक सहयोगीहरुको नाम आएको छ । यो लिस्ट अनुसार सबैभन्दा बढी एकैपटकमा एक करोड बुझाउने क्यसीनो रोयलका संचालक सुरेन्द्र सिंह छन् । उनी पहिला माओवादी मजदुर युनियन क्यासिनो साङ्रेलाको अध्यक्ष थिए त्याहा धेरै भ्रष्टाचार गरेको र महिला माथि दुव्र्यवहार गरेको आरोपमा कालोमोसो र जुत्ताको माला लगाएर उन्लाई मजदुरले खेदेका थिए । एउटा बिदेशी  लगानीकर्ता र सुरेन्द्र भएर राजा ज्ञानेन्द्रका ज्वाइँ राज बहादुरसङ  होटेल याक एन्ड यतीमा रहेको क्यासिनो साङ्रेला रू पाँच करोडमा किने ।

त्यो क्यासिनो हाता पारेपछी सर्बोच्चबाट इसटेअडर ल्याउने करोडौं होटेलको भाडा नतिर्ने, मजदुरको पारीश्रमिक पहिलाको भन्दा आधा मात्र दिने, १० करोड भन्दा बढी राज्यलाई तिर्नुपर्ने राजस्व नतिर्ने  ब्याक्ती हुन , हाल उनले त्यो क्यासिनो २० करोडमा एक बिदेशीलाई बेचेर भैरहवामा चार तारे होटेल र क्यासिनो , बिरगंजमा मिनी क्यासिनो लगाएत सन्चालन गर्दै छन् ।

सरकारी वकिलसँग रहेको डायरीमा उल्लेख भएअनुसार बिप्लब माओवादीलाई रकम दिने व्यावसायिहरु:

अमर रायमाझीले ५ लाख 
राजेश खड्काको जेम्स स्कुलले २० लाख 
काठमाडौं मेडिकल कलेजले १५ लाख 
प्रसादी एकेडेमीले १० लाख 
गीता रानाको ग्यालेक्सी स्कुलले १५ लाख 
पेट्रोलियम ढुवानी व्यवसायी महासंघले ५ लाख 
नाइटिंगेल स्कुलले ५ लाख 
हेलि एभरेष्टले १० लाख 
निर्माण व्यवसायी जयराम लामिछानेले १० लाख 
सेभेन समिट टुर्स एण्ड ट्राभल्सले ५ लाख 
औषधि माफिया विशाल पण्डितले ५ लाख 
सुरेन्द्रबहादुर सिंहले १ करोड 
ग्लोबल (बैंक वा समूह नखुलेको)ले  २० लाख 
नोबेल मेडिकल कलेजले १५ लाख 
रामबहादुर धितालले १ लाख 
क्यासिनो किङ किशोर सिलवालले १ करोड 
युनाइटेड इन्स्योरेन्सका रविभक्त श्रेष्ठले २५ लाख 
म्यानपावर व्यवसायी रघु पुरीले १५ लाख 
सुरेन्द्र अधिकारीले १० लाख 
शिवम् सिमेन्टले १५ लाख 
मारुती सिमेन्टले ५ लाख 
अनिल अग्रवालले ५ लाख 
सोनापुर सिमेन्टले ३ लाख घोराही सिमेन्टले ५ लाख 
एलबी ग्रुपले ३ लाख 
गोल्छा अर्गनाइजेशनले ३ लाख 
बुटवल पावर कम्पनी लिमिटेडले १ लाख 
ऋद्धिसिद्धि ज्वेलर्सले १ लाख 
सुवास श्रेष्ठले १ लाख 
निष्टका माधव बरालले ५ लाख 
डाक्टर कनौडियाले १ लाख 
सिर्जना राणाले १ लाख 
रामेश्वर अर्यालले १ लाख 
अपर तामाकोशीका विज्ञान श्रेष्ठले ५० हजार 
काठमाडौं उपत्यका खानेपानी लिमिटेडका सञ्जिवविक्रम राणाले ३ लाख दिएका छन् ।

यो समाचार थाहा पाएपछि गृहमन्त्री 

 रामबहादुर थापाले सुरक्षा अधिकारीको बीचमा अचम्मित हुदै यस्तो टिप्पणी गरेका छन्, ‘न्यायाधीशको घरमा बम नपड्किएसम्म उनीहरुसँग चन्दा नमागिएसम्म विप्लव समूहलाई श्रीमानहरुले राजनीतिका नाममा जति ध्वंसात्मक क्रियाकलाप गरे पनि छुट दिने र मानव अधिकारवादीले पनि रेस्क्यु गरिरहने खतरा देखियो ।’ (प्रसङ्ग गृहमन्त्री अपराधी समाउने अदालत छोडनु भन्ने आदेश दिने संग सम्बन्धित )

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

पुनर्स्थापनामा केन्द्रित सरकार, ९३९ शव फेला

  काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट