‘ठग्स अफ हिन्दुस्तान’मा अमिताभ बच्चनको खतरनाक लुक्स

बलिउड अभिनेता अमिर खान र अमिताभ बच्चन अभिनीत नयाँ चलचित्र ‘ठग्स अफ हिन्दुस्तान’को दोस्रो पोस्टर सार्वजनिक भएको छ ।‘ठग्स अफ हिन्दोस्तान’ मा रहेकाे अमिताभ बच्चनको फर्स्टलुक मंगलबार सार्वजनिक गरिएको छ । पोस्टरमा अमिताभ बच्चनको लुक निकै भयंकर देखिएको छ ।

अभिनेता आमिर खानको बहुप्रतीक्षित यस फिल्मको लोगो सोमबार सार्वजनिक गरिएको थियो । फिल्मको यस पोस्टरलाई यसराज फिल्मस्को ट्वीटर ह्याण्डलबाट सेयर गरिएको छ ।

हरियो रङको पगरी ,हातमा तरबार सहित समुन्द्री जहाजमा अमिताभलाई प्रस्तुत गरिएको छ । यसराज प्रोडक्सनको ब्यानरबाट निर्मित यस चलचित्रमा अमिताभ अमिर खानको पिताको भूमिकामा देखा पर्ने छन् ।

विजय कृष्ण आचार्यको निर्देशन रहेको यस चलचित्रलाई २०० करोड बजेटमा निर्माण गरिनुका साथै एक्सन सिनमा बढी खर्च भएको बताइएको छ l अमिताभ र अमिरको अलावा चलचित्रमा कैट्रीना कैफ,फतिमा साना सैख लगायत कलाकारहरूको मुख्य भूमिका रहेको छ l

‘ठग्स अफ हिन्दुस्तान’ १८३९ को नोबेल (ठग अफ कन्फेसन्स अफ ठग)मा आधारीत सत्य कथा हो । आमिर खान र अमिताभ बच्चनका अलावा अभिनेत्री कट्रिना कैफ र फातिमा सना सेखको पनि मुख्य भूमिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बिजुलीमा ५ प्रतिशत भ्याट लगाउने निर्णयको विरोध, लाखौँ उपभोक्ता प्रभावित हुने चिन्ता

 जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत

टिकटकको प्रतिबन्ध सबै इन्टरनेटमा खुल्यो

भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको