करण जोहरका कारण भन्सालीको फिल्मबाट ‘आउट’ भइन् आलिया

दीपिका पादुकोण र रणवीर सिंहका साथ ३ वटा सुपरहिट फिल्म निर्माण गरीसकेका निर्देशक सञ्जय लीला भन्सालीले यस पटक भने दीपिका नभइ अभिनेत्री आलिया भट्टका साथ फिल्म निर्माण गर्ने सोच बनाउँदै आलिया कहाँ पुगे । तर सञ्जयको यस प्रस्तावलाई अभिनेत्री आलिया भट्टले भने अस्वीकार गरिदिएकी छिन् ।  

अहिले भन्सालीले आफ्नी उनै पुरानी अभिनेत्री दीपिका पादुकोणलाई उनको अब बन्ने पिरियड ड्रामा फिल्मका लागि साइन गरिसकेका छन् । यता आलिया भट्टले सञ्जयको फिल्ममा काम नगर्नुको कारण बनेका छन् निर्देशक तथा निर्मता करण जोहर । करण जोहरका कारण आलियाले भन्सालीको फिल्ममा काम गर्नबाट बञ्चित हुनुपर्‍याे । 

आलियाले करण जोहरको फिल्म ‘कलंक’ मा काम गरिरहेकी छिन । उनी सञ्जय लीला भन्सालीको फिल्ममा पनि काम गर्न चाहन्थिन् तर करण जोहरले फिल्म ‘कलंक’को घोषणा सञ्जयको फिल्मसँगै गरिदिएपछि आलिया दुविधामा परिन् । आफूलाई बलिउडमा स्थापित गराएका करण जोहरको फिल्मका कारण आलियाले काम गर्ने चाहाना हुँदाहुँदै पनि भन्सालीको प्रस्ताव अस्विकार गरिदिइन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बिजुलीमा ५ प्रतिशत भ्याट लगाउने निर्णयको विरोध, लाखौँ उपभोक्ता प्रभावित हुने चिन्ता

 जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत

टिकटकको प्रतिबन्ध सबै इन्टरनेटमा खुल्यो

भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको