पहिरोमा परेर दुई जनाको मृत्यु, चार जना बेपत्ता

लमजुङ, भदौ २८ । लमजुङमा पहिरोमा परेर बुधबार दुई जनाको मृत्यु भएको छ । चार जना बेपत्ता भएका छन् । मस्र्याङ्दी गाउँपालिका–३ खुदीको पल्लोटारीमा खसेको पहिरोमा ६० बर्से अतिरूपा थापा र १० बर्से सिरक थापाको ज्यान गएको हो ।अतिरूपा र सिरक हजुरआमा र नातिनी हुन् । पहिरो चलेपछि बँच्न घरबाट भाग्दै गर्दा उनीहरू पहिरोमा परेका थिए । पुरिएर गम्भीर घाइते भएका उनीहरूलाई उद्धार गरी स्थानीय खुदी स्वास्थ्य चौकीमा पुर्‍याएपछि मृत्यु भएको थियो ।

बुधबार दिउँसै मस्र्याङ्दीमा आएको बाढीमा २ जना बेपत्ता भएका छन् । बेंसीसहर–१० चितीमा निर्माणाधीन तल्लो दोर्दी जलविद्युत् आयोजनाको पावरहाउसमा काम गर्दै गरेका बर्दिया ठाकुरद्वारा नगरपालिकाका बलराम चौधरी र लक्ष्मण थारु मस्र्याङ्दीको बाढीले लगेको हो । मस्र्याङ्दी ठूलो रहेकाले खोजबिन कठिन भएको प्रहरी नायब उपरीक्षक यादव ढकालले बताए ।

बुधबारै उत्तरी क्षेत्रको मस्र्याङ्दी गाउँपालिका–३ अर्खलेबेंसीमा गएको पहिरोमा २ जना बेपत्ता भएका छन् । अर्खलेबेंसीमा बाढीले तीनवटा घर बगाएको छ । स्थानीय जगत गुरुङका अनुसार ललितमाया गुरुङ र नाम नखुलेका अर्को एकजना वृद्धलाई पहिरोले बगाएको हो ।

बेंसीसहरबाट प्रहरी निरीक्षक राजेन्द्र अधिकारी, खुदीबाट सई अर्जुन केसीको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ गएको छ ।

बेसीसहर–चामे सडकको अर्खलेबेंसी, काप्रेभीर, रामबजार, स्याँगेलगायत क्षेत्रमा पहिरो जाँदा करीब आधा दर्जन घर बगाएको स्थानीयले बताएका छन् । पहिरो र खहरे खोला उर्लंदा बीचबीचमा पर्यटक तथा स्थानीय अलपत्र परेका छन् ।

मस्र्याङ्दी गाउँपालिका–४ का अध्यक्ष सुमन गुरुङले राबजारमा तीनवटा घर बाढीले बगाएको बताए । मस्र्याङ्दी गाउँपालिकामा ६, बाहुनडाँडामा ३ वटा घर पहिरोले बगाएको छ । वडाध्यक्ष लीलाप्रसाद घलेले आफ्नो घरसमेत पहिरोले लगेको बताए ।

बेसीसहर–चामे सडक खण्डको काप्रेभीरमा एउटा जिप पहिरोले पुरेको स्थानीयले बताएका छन् । प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले बाढीपहिरो गएको ठाउँमा प्रहरी परिचालन गरिएको बताए ।

मस्र्याङ्दीमा पानीको बहाव बढेपछि ५० मेगावाटको माथिल्लो मस्र्याङ्दी ‘ए’ र ७० मेगावाटको मध्यमस्र्याङ्दी जलविद्युत आयोजनाले बाँधको ३ वटै ढोका खोलेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

भदौ २३–२४ को घटनाबारे गहिरो अनुसन्धान आवश्यक, विदेशी जासुसी संलग्नताको आशंका :रविन्द्र मिश्र

काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज