पहिरोमा परेर दुई जनाको मृत्यु, चार जना बेपत्ता

लमजुङ, भदौ २८ । लमजुङमा पहिरोमा परेर बुधबार दुई जनाको मृत्यु भएको छ । चार जना बेपत्ता भएका छन् । मस्र्याङ्दी गाउँपालिका–३ खुदीको पल्लोटारीमा खसेको पहिरोमा ६० बर्से अतिरूपा थापा र १० बर्से सिरक थापाको ज्यान गएको हो ।अतिरूपा र सिरक हजुरआमा र नातिनी हुन् । पहिरो चलेपछि बँच्न घरबाट भाग्दै गर्दा उनीहरू पहिरोमा परेका थिए । पुरिएर गम्भीर घाइते भएका उनीहरूलाई उद्धार गरी स्थानीय खुदी स्वास्थ्य चौकीमा पुर्‍याएपछि मृत्यु भएको थियो ।

बुधबार दिउँसै मस्र्याङ्दीमा आएको बाढीमा २ जना बेपत्ता भएका छन् । बेंसीसहर–१० चितीमा निर्माणाधीन तल्लो दोर्दी जलविद्युत् आयोजनाको पावरहाउसमा काम गर्दै गरेका बर्दिया ठाकुरद्वारा नगरपालिकाका बलराम चौधरी र लक्ष्मण थारु मस्र्याङ्दीको बाढीले लगेको हो । मस्र्याङ्दी ठूलो रहेकाले खोजबिन कठिन भएको प्रहरी नायब उपरीक्षक यादव ढकालले बताए ।

बुधबारै उत्तरी क्षेत्रको मस्र्याङ्दी गाउँपालिका–३ अर्खलेबेंसीमा गएको पहिरोमा २ जना बेपत्ता भएका छन् । अर्खलेबेंसीमा बाढीले तीनवटा घर बगाएको छ । स्थानीय जगत गुरुङका अनुसार ललितमाया गुरुङ र नाम नखुलेका अर्को एकजना वृद्धलाई पहिरोले बगाएको हो ।

बेंसीसहरबाट प्रहरी निरीक्षक राजेन्द्र अधिकारी, खुदीबाट सई अर्जुन केसीको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ गएको छ ।

बेसीसहर–चामे सडकको अर्खलेबेंसी, काप्रेभीर, रामबजार, स्याँगेलगायत क्षेत्रमा पहिरो जाँदा करीब आधा दर्जन घर बगाएको स्थानीयले बताएका छन् । पहिरो र खहरे खोला उर्लंदा बीचबीचमा पर्यटक तथा स्थानीय अलपत्र परेका छन् ।

मस्र्याङ्दी गाउँपालिका–४ का अध्यक्ष सुमन गुरुङले राबजारमा तीनवटा घर बाढीले बगाएको बताए । मस्र्याङ्दी गाउँपालिकामा ६, बाहुनडाँडामा ३ वटा घर पहिरोले बगाएको छ । वडाध्यक्ष लीलाप्रसाद घलेले आफ्नो घरसमेत पहिरोले लगेको बताए ।

बेसीसहर–चामे सडक खण्डको काप्रेभीरमा एउटा जिप पहिरोले पुरेको स्थानीयले बताएका छन् । प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले बाढीपहिरो गएको ठाउँमा प्रहरी परिचालन गरिएको बताए ।

मस्र्याङ्दीमा पानीको बहाव बढेपछि ५० मेगावाटको माथिल्लो मस्र्याङ्दी ‘ए’ र ७० मेगावाटको मध्यमस्र्याङ्दी जलविद्युत आयोजनाले बाँधको ३ वटै ढोका खोलेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना