उच्चस्तरीय छानबिन समितिका सदस्य केसी फर्किए

 

भाद्र २७, काठमाडाैं । निर्मला पन्त हत्याको अनुसन्धानका लागि गठित उच्चस्तरीय छानबिन समितिका सदस्य बीरेन्द्र बहादुर केसीले पुन: छानबिन समितिमा फर्किएका छन्।

बुधबार बिहान गृहमन्त्री राम बहादुर थापा बादलसँग दुई घण्टाको गहन छलफलपछि आफू छानविन समितिमा पुन: फर्किएको जानकारी दिएका हुन।

उनले भने, ‘ छानबिन समितिमा म्‍याद थप लगायतका विषयमा मेरो विमति थियो। तर गृहमन्त्रालय छानविन समिति हत्‍यारालाई कारबाही गर्न एकमत रहेकाले राष्ट्र सेवकको हैसियतले फर्किएको हुँ।’ उनले निर्मलाको हत्‍या प्रकरणमा अब निष्पक्ष रुपमा छानविन गर्ने प्रतिबद्धता व्‍यक्त गरे।

उनले आजैका मितिबाट आफू छानबिन समितिमा आइसकेको जानकारी गराएका। यसअघि उनले आफ्नो हत्या हुने प्रवल सम्भावना रहेको भन्‍दै सोमबार उच्चस्तरीय छानबिन समितिबाट राजीनामा दिएका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

चैत १ गतेदेखि १५ वैशाखसम्म कान्तिराजपथ बन्द

 फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा

म राजनीतिमा रहुन्जेल उथलपुथल भइरहन्छ:प्रचण्ड

फागुन २१, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली राजनीति पुनः नयाँ मोडमा आइपुगेको भन्नुहुँदै आफू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

  ४३ जना जिल्ला न्यायाधीशका लागि  विज्ञापन

माघ २६,काठमाडौँ   । न्याय सेवा आयोगको परीक्षा महाशाखाले  ४३ जना जिल्ला न्यायाधीशका लागि  विज्ञापन  गरेको