September 8, 2018

हेलिकप्टर दुर्घटनामा पाइलट सहित ५ जनाको मृत्यु, एक जना जिवितै

 

भाद्र २३, काठमाडाैं । गोरखाबाट काठमाडौका लागि उडेको अल्टिच्युट एयरलाइन्सको हेलिकप्टर दुर्घटनामा परि पाइलट सहित ५ जनाको मृत्यु भएको पुष्टि भएको छ।

मृत्यु हुने पाँच जनाको शव फेला परेको छ भने एक महिला गम्भिर घाइते अवस्थामा फेला परेकी छन्। यस्तै एकजनाको अवस्था भने अज्ञात रहेको नुवाकोटका प्रहरी उपरीक्षक बसन्त कुँवरले जानकारी दिएका छन् । जिवितै फेला पर्नेमा डाेल्मा अानी रहेकी छिन् । उनैले फाेन गरेर दुर्घटना स्थलकाे पहिचान दिएकी थिइन् ।

दुुर्घटनामा पाइलट निश्चल केसीको ज्यान गएको छ। उनको शव दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हेलिकप्टर भित्रै फेला परेको थियो। यस्तै गम्भीर घाईते हुनेमा ल्हो आनी डोल्मा डिकी रहेकी छिन्। हेलिकप्टरमा सात जना सवार रहेको बताइएकाे छ ।

गोरखाको चुमनुब्री गाउँपालिका–१ को सामागाउँबाट उडेको हेलिकप्टर धादिङ र नुवाकोटको सिमानामा पर्ने नुवाकोटको मेघाङ गाउँपालिका १ बर्सुङचेतको मैलुङपाखाको जंगलमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको उपरीक्षक कुँवरले बताए। हेलिकप्टरमा एक जापानी नागरिक समेत सवार रहेका थिए।

 
 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

एआई एजेन्टले विकीमार्फत सहकार्य गरेको खुलासा

काठमाडौँ, २१ भदौ । ओपनएआईसँग सम्बन्धित मानिएका स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टले आपसमा सञ्चार र

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले