एसिया कप छनोटमा लिग चरणको अन्तिम खेलमा मंगलबार नेपाल हङकङसँग पराजित भयो । मलेसियाको यूकेएम ओभलमा भएको हङकङविरुद्धको खेलमा नेपालको प्रदर्शन बिर्सनलायक रह्यो । अन्तिम खेलमा उत्कृष्ट प्रदर्शन गर्दै छनोटको फाइनल पुग्ने अपेक्षा गरिए पनि त्यसो हुन सकेन । नेपालले हङकङलाई ९५ रनको झिनो लक्ष्य दियो । तर, युवा खेलाडी सन्दीप लामिछानेको प्रदर्शन भने सम्झन लायक रह्यो । लामिछानेले प्रतियोगिता अवधिभर खेलेका ५ खेलमा उत्कृष्ट प्रदर्शन गर्दै १४ विकेट लिए ।

छनोट खेलमा लामिछानेले अन्तिम हङकङसँगको खेलमा सर्वाधिक पाँच विकेट लिएपनि टोलीलाई जिताउन भने सकेनन् । उनको प्रदर्शनले एक पटक पुनः उनी सबैको दृष्टिमा पर्न सफल भएका छन् । हङकङका सर्वाधिक रनकर्ता कप्तान अंशुमन रथलाई आउट गरेका उनले उपकप्तान बाबर हायात, क्रिस्टोफोर जेम्स च्याप्टर, किन्चीत साह र इसान खानका महत्वपूर्ण विकेट लिएका थिए ।
हङकङको एकपछि अर्को विकेट झार्ने क्रममा १० ओभर बलिङ गरे । जसमा दुई मेडन ओभर राखेर २७ रन खर्चिए । एसिया कप छनोटमा खराब ब्याटिङका कारण क्रिकेटका महारथी भारत र पाकिस्तानसँग खेल्ने नेपालको सपना अधुरो रह्यो । तर, युवा लेग स्पीनर सन्दीप लामिछानेका लागि भने फलदायी रह्यो ।
क्यारेबियन लिगपछि एसिया कप छनोटमा सहभागिता जनाउन सीधै मलेसिया पुगेका लामिछानेले पहिलो खेलमा विकेट लिन सकेनन् । यूएईसँगको दोस्रो खेलमा ४ विकेट लिएका लामिछानेले मलेसियासँगको तेस्रो खेलमा २ र चौथो सिंगापुरसँगको खेलमा ३ विकेट लिए । प्रतियोगिताभर ५ खेल खेलेका सन्दीपले ४६ ओभर बलिङ गर्दै सर्वाधिक १४ विकेट लिएर १ सय ३३ रन खर्चिए ।
उनको एसिया कप छनोटमा २ दशमलव ८९ को इकोनोमी रह्यो । इन्डियन प्रिमियर लिग (आइपीएल) बाट शूरु भएको लामिछानेको अन्तर्राष्ट्रिय यात्रा क्यानडाको ग्लोबल लिग हुँदै अहिले वेष्ट इन्डिजको क्यारेबियन (सीपीएल) लिगमा खेलेर मलेसिया आएका थिए । उनको खेल प्रदर्शन पनि सुध्रिँदै गएको छ भने हरेक लिगमा उत्कृष्ट गर्दै आएका छन् ।
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध
काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई
काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार
-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज
काठमाडौँ, २१ भदौ । ओपनएआईसँग सम्बन्धित मानिएका स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टले आपसमा सञ्चार र