एसिया कप छनोट खेल : सन्दीपको उत्कृष्ट बलिङ,लिए १४ विकेट

 एसिया कप छनोटमा लिग चरणको अन्तिम खेलमा मंगलबार नेपाल हङकङसँग पराजित भयो । मलेसियाको यूकेएम ओभलमा भएको हङकङविरुद्धको खेलमा नेपालको प्रदर्शन बिर्सनलायक रह्यो ।  अन्तिम खेलमा उत्कृष्ट प्रदर्शन गर्दै छनोटको फाइनल पुग्ने अपेक्षा गरिए पनि त्यसो हुन सकेन । नेपालले हङकङलाई ९५ रनको झिनो लक्ष्य दियो । तर, युवा खेलाडी सन्दीप लामिछानेको प्रदर्शन भने सम्झन लायक रह्यो । लामिछानेले प्रतियोगिता अवधिभर खेलेका ५ खेलमा उत्कृष्ट प्रदर्शन गर्दै १४ विकेट लिए ।

1730639251Sandeep-Lamichhane

छनोट खेलमा लामिछानेले अन्तिम हङकङसँगको खेलमा सर्वाधिक पाँच विकेट लिएपनि टोलीलाई जिताउन भने सकेनन् । उनको प्रदर्शनले एक पटक पुनः उनी सबैको दृष्टिमा पर्न सफल भएका छन् ।  हङकङका सर्वाधिक रनकर्ता कप्तान अंशुमन रथलाई आउट गरेका उनले उपकप्तान बाबर हायात, क्रिस्टोफोर जेम्स च्याप्टर, किन्चीत साह र इसान खानका महत्वपूर्ण विकेट लिएका थिए । 

हङकङको एकपछि अर्को विकेट झार्ने क्रममा १० ओभर बलिङ गरे । जसमा दुई मेडन ओभर राखेर २७ रन खर्चिए । एसिया कप छनोटमा खराब ब्याटिङका कारण क्रिकेटका महारथी भारत र पाकिस्तानसँग खेल्ने नेपालको सपना अधुरो रह्यो । तर, युवा लेग स्पीनर सन्दीप लामिछानेका लागि भने फलदायी रह्यो । 

क्यारेबियन लिगपछि एसिया कप छनोटमा सहभागिता जनाउन सीधै मलेसिया पुगेका लामिछानेले पहिलो खेलमा विकेट लिन सकेनन् । यूएईसँगको दोस्रो खेलमा ४ विकेट लिएका लामिछानेले मलेसियासँगको तेस्रो खेलमा २ र चौथो सिंगापुरसँगको खेलमा ३ विकेट लिए । प्रतियोगिताभर ५ खेल खेलेका सन्दीपले ४६ ओभर बलिङ गर्दै सर्वाधिक १४ विकेट लिएर १ सय ३३ रन खर्चिए । 

उनको एसिया कप छनोटमा २ दशमलव ८९ को इकोनोमी रह्यो । इन्डियन प्रिमियर लिग (आइपीएल) बाट शूरु भएको लामिछानेको अन्तर्राष्ट्रिय यात्रा क्यानडाको ग्लोबल लिग हुँदै अहिले वेष्ट इन्डिजको क्यारेबियन (सीपीएल) लिगमा खेलेर मलेसिया आएका थिए । उनको खेल प्रदर्शन पनि सुध्रिँदै गएको छ भने हरेक लिगमा उत्कृष्ट गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

एमाले मधेश सरकारबाट बाहिरियो

 वैशाख ३०, काठमाडौं। नेकपा (एमाले)ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आइतबार मधेश प्रदेशको

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक

कुम्भ मेलाले धार्मिक पर्यटक बढाएको छ : सभामुख घिमिरे

 वैशाख २३ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सुनसरीको चतरामा लागेको महाकुम्भ भेलाले आन्तरिक तथा बाहय

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न