एसिया कप छनोट खेल : सन्दीपको उत्कृष्ट बलिङ,लिए १४ विकेट

 एसिया कप छनोटमा लिग चरणको अन्तिम खेलमा मंगलबार नेपाल हङकङसँग पराजित भयो । मलेसियाको यूकेएम ओभलमा भएको हङकङविरुद्धको खेलमा नेपालको प्रदर्शन बिर्सनलायक रह्यो ।  अन्तिम खेलमा उत्कृष्ट प्रदर्शन गर्दै छनोटको फाइनल पुग्ने अपेक्षा गरिए पनि त्यसो हुन सकेन । नेपालले हङकङलाई ९५ रनको झिनो लक्ष्य दियो । तर, युवा खेलाडी सन्दीप लामिछानेको प्रदर्शन भने सम्झन लायक रह्यो । लामिछानेले प्रतियोगिता अवधिभर खेलेका ५ खेलमा उत्कृष्ट प्रदर्शन गर्दै १४ विकेट लिए ।

1730639251Sandeep-Lamichhane

छनोट खेलमा लामिछानेले अन्तिम हङकङसँगको खेलमा सर्वाधिक पाँच विकेट लिएपनि टोलीलाई जिताउन भने सकेनन् । उनको प्रदर्शनले एक पटक पुनः उनी सबैको दृष्टिमा पर्न सफल भएका छन् ।  हङकङका सर्वाधिक रनकर्ता कप्तान अंशुमन रथलाई आउट गरेका उनले उपकप्तान बाबर हायात, क्रिस्टोफोर जेम्स च्याप्टर, किन्चीत साह र इसान खानका महत्वपूर्ण विकेट लिएका थिए । 

हङकङको एकपछि अर्को विकेट झार्ने क्रममा १० ओभर बलिङ गरे । जसमा दुई मेडन ओभर राखेर २७ रन खर्चिए । एसिया कप छनोटमा खराब ब्याटिङका कारण क्रिकेटका महारथी भारत र पाकिस्तानसँग खेल्ने नेपालको सपना अधुरो रह्यो । तर, युवा लेग स्पीनर सन्दीप लामिछानेका लागि भने फलदायी रह्यो । 

क्यारेबियन लिगपछि एसिया कप छनोटमा सहभागिता जनाउन सीधै मलेसिया पुगेका लामिछानेले पहिलो खेलमा विकेट लिन सकेनन् । यूएईसँगको दोस्रो खेलमा ४ विकेट लिएका लामिछानेले मलेसियासँगको तेस्रो खेलमा २ र चौथो सिंगापुरसँगको खेलमा ३ विकेट लिए । प्रतियोगिताभर ५ खेल खेलेका सन्दीपले ४६ ओभर बलिङ गर्दै सर्वाधिक १४ विकेट लिएर १ सय ३३ रन खर्चिए । 

उनको एसिया कप छनोटमा २ दशमलव ८९ को इकोनोमी रह्यो । इन्डियन प्रिमियर लिग (आइपीएल) बाट शूरु भएको लामिछानेको अन्तर्राष्ट्रिय यात्रा क्यानडाको ग्लोबल लिग हुँदै अहिले वेष्ट इन्डिजको क्यारेबियन (सीपीएल) लिगमा खेलेर मलेसिया आएका थिए । उनको खेल प्रदर्शन पनि सुध्रिँदै गएको छ भने हरेक लिगमा उत्कृष्ट गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

देखासिखी संस्कृतिलाई कडा कानुन बनाएर नियन्त्रण गर्न जरुरी

  अधिवक्ता: तारा निधि पन्त सरलता, आध्यात्मिकता र सामुदायिक भावनामा आधारित रहेको नेपाली संस्कृति आज

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले