एसिया कप छनौटमा नेपालको पहिलो जित, नेपालद्वारा मलेसिया १९ रनले पराजित

 एसियन क्रिकेट काउन्सिल (एसीसी) एसिया कप छनोटको आफ्नो तेस्रो खेलमा नेपालले मलेसियामाथि १९ रनको जित निकालेको छ । १८९ रनको लक्ष्य पछ्याएको मलेसियाले ९ विकेट गुमाउँदै १६९ रन मात्रै बनाउन सक्यो ।

1892810231sports

नेपालले दिएको १८९ रनको लक्ष्य पछ्याएको मलेसियाले १६९ रन बनाउने क्रममा  अनवर अरुदीन र शेद अजिद मुवारकाले समान ३४—३४ रन बनाएका थिए । त्यस्तै मलेसियाका मोहमद नुरले २२ तथा भिरानदीप जगजित सिंहले २१ रन जोडे । 

मलेसियालाई १६९ रनमा समेट्ने क्रममा नेपालका वसन्त रेग्मीले ३ विकेट लिए भने सोमपाल कामी र सन्दीप लामिछानेले समान २—२ विकेट लिएका थिए । त्यस्तै, दीपेन्द्र सिंह ऐरी र सागर पुनले समान १—१ विकेट लिएका थिए ।

यसअघि पहिलो इनिङ्समा नेपालका लागि आरिफ शेखले सर्वाधिक नटआउट ६४ रन जोडे । दीपेन्द्रसिंह ऐरीले छनोट खेलमा पहिलो अर्धशतक मलेसिया विरुद्ध पूरा गरेका छन् । उनले ५१ बलमा ५४ रन बनाएका थिए ।

त्यस्तै, अनिल शाहले १६ रन, कप्तान पारस खड्काले १३ र उपकप्तान ज्ञानेन्द्र मल्लले ११ रन बनाएका थिए । बलिङतर्फ मलेसियाका श्याजरुल इजात इद्रस र सर्भिन मुनिआन्द्रेले समान ३—३ विकेट लिएका थिए ।

यो जितसँगै नेपाल मलेसियामाथि सधै हाबी रहेको प्रमाणित गरेको छ । यसअघिका ५ भेटमा नेपालले सबै नतिजा आफ्नो पक्षमा पारेको थियो । 

एसिया कप छनोटमा लगातार दुई हार व्यहोरेको नेपालले शबिार मलेसियामाथि जित निकालेसँगै एसियाकप खेल्ने आशा भने जिवीतै रहेको छ । यसका लागि नेपालले सिंगापुर र हङकङसँग लगातार जित निकाल्नु पर्ने छ भने अर्को टिमको नतिजामा समेत भर पर्नु पर्नेछ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

भदौ २३–२४ को घटनाबारे गहिरो अनुसन्धान आवश्यक, विदेशी जासुसी संलग्नताको आशंका :रविन्द्र मिश्र

काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

एआई एजेन्टले विकीमार्फत सहकार्य गरेको खुलासा

काठमाडौँ, २१ भदौ । ओपनएआईसँग सम्बन्धित मानिएका स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टले आपसमा सञ्चार र