एसिया कप छनौटमा नेपालको पहिलो जित, नेपालद्वारा मलेसिया १९ रनले पराजित

 एसियन क्रिकेट काउन्सिल (एसीसी) एसिया कप छनोटको आफ्नो तेस्रो खेलमा नेपालले मलेसियामाथि १९ रनको जित निकालेको छ । १८९ रनको लक्ष्य पछ्याएको मलेसियाले ९ विकेट गुमाउँदै १६९ रन मात्रै बनाउन सक्यो ।

1892810231sports

नेपालले दिएको १८९ रनको लक्ष्य पछ्याएको मलेसियाले १६९ रन बनाउने क्रममा  अनवर अरुदीन र शेद अजिद मुवारकाले समान ३४—३४ रन बनाएका थिए । त्यस्तै मलेसियाका मोहमद नुरले २२ तथा भिरानदीप जगजित सिंहले २१ रन जोडे । 

मलेसियालाई १६९ रनमा समेट्ने क्रममा नेपालका वसन्त रेग्मीले ३ विकेट लिए भने सोमपाल कामी र सन्दीप लामिछानेले समान २—२ विकेट लिएका थिए । त्यस्तै, दीपेन्द्र सिंह ऐरी र सागर पुनले समान १—१ विकेट लिएका थिए ।

यसअघि पहिलो इनिङ्समा नेपालका लागि आरिफ शेखले सर्वाधिक नटआउट ६४ रन जोडे । दीपेन्द्रसिंह ऐरीले छनोट खेलमा पहिलो अर्धशतक मलेसिया विरुद्ध पूरा गरेका छन् । उनले ५१ बलमा ५४ रन बनाएका थिए ।

त्यस्तै, अनिल शाहले १६ रन, कप्तान पारस खड्काले १३ र उपकप्तान ज्ञानेन्द्र मल्लले ११ रन बनाएका थिए । बलिङतर्फ मलेसियाका श्याजरुल इजात इद्रस र सर्भिन मुनिआन्द्रेले समान ३—३ विकेट लिएका थिए ।

यो जितसँगै नेपाल मलेसियामाथि सधै हाबी रहेको प्रमाणित गरेको छ । यसअघिका ५ भेटमा नेपालले सबै नतिजा आफ्नो पक्षमा पारेको थियो । 

एसिया कप छनोटमा लगातार दुई हार व्यहोरेको नेपालले शबिार मलेसियामाथि जित निकालेसँगै एसियाकप खेल्ने आशा भने जिवीतै रहेको छ । यसका लागि नेपालले सिंगापुर र हङकङसँग लगातार जित निकाल्नु पर्ने छ भने अर्को टिमको नतिजामा समेत भर पर्नु पर्नेछ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

एमाले मधेश सरकारबाट बाहिरियो

 वैशाख ३०, काठमाडौं। नेकपा (एमाले)ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आइतबार मधेश प्रदेशको

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक

कुम्भ मेलाले धार्मिक पर्यटक बढाएको छ : सभामुख घिमिरे

 वैशाख २३ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सुनसरीको चतरामा लागेको महाकुम्भ भेलाले आन्तरिक तथा बाहय

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न