यसपटक पनि बुद्धिस्ट सर्किटको चर्चा, भारतको यस्तो रुचि

Capture-50

भदौ १५, काठमाडौं – विगतमा झैं यसपटकको बिमस्टेक सम्मेलनमा पनि बुद्धिस्ट सर्किटको अवधारणाले आवश्यक भन्दा बढी चर्चा पाएको समाचार आजको नेपाल समाचारपत्रले पहिलो पृष्ठमा छापेको छ । बुद्धिस्ट सर्किटको योजना कार्यान्वयन गर्न सम्मेलनलाई उपयोग गर्ने धारणा प्रधानमन्त्री केपी शर्मा ओलीले अघि सारेका छन् । त्यसै गरी परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले यसपटकको सम्मेलनले बुद्धिस्ट सर्किटलाई आकार दिने लक्ष्य राखेको बताएका छन् ।

भगवान् गौतम बुद्धको जन्मस्थल नेपाल बुद्धमार्गीका लागि महत्वपूर्ण गन्तव्य रहेको छ । भारतमा बुद्धको ज्ञानप्राप्ति तथा महापरिनिर्वाण भएको सन्दर्भमा बुद्धिस्ट सर्किटको अवधारणा यहाँका लागि उपयुक्त रहेको छ । 

बिमस्टेकका सदस्य राष्ट्र श्रीलंका, थाइल्यान्ड र म्यानमार बौद्धमार्गी राष्ट्र हुन् । ती राष्ट्रका नागरिकलाई नेपालमा आकर्षित गर्न सक्ने हो भने देशको पर्यटन क्षेत्रले लाभ लिन सक्छ । बुद्धिस्ट सर्किटको अवधारणा यसपटक पनि सतही चर्चामा मात्र सीमित हुने त होइन ? भन्ने चिन्ता पनि ब्यक्त गरिएको छ । 

बुद्धिस्ट सर्किटको चर्चा

वितेको केही बर्षदेखि ‘बुद्धिस्ट सांस्कृतिक सर्किट’ का प्रस्तावले अन्तर्राष्ट्रिय महत्वको सम्मेलनताका सधैं चर्चा हुने गरेको पाइएको छ । बुद्धिस्ट सांस्कृतिक सर्किटको प्रस्तावले चार वर्षअघि राजधानीमा भएको सार्क सम्मेलनमा पनि चर्चा पाएको थियो ।

म्यानमारमा भएको तेस्रो बिमस्टेक सम्मेलनमा तत्कालीन स्वर्गीय प्रधानमन्त्री सुशील कोइरालाले लुम्बिनी, बोधगया, कुशिनगर र चीनको तीर्थस्थललाई समेटेर बुद्धिस्ट सर्किट बनाउनु पर्नेमा जोड दिएका थिए । त्यस्तै तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालको लुम्बिनीलाई केन्द्रबिन्दु गरेर चीन र भारतका तीर्थस्थल समेट्ने गरी बुद्धिस्ट सर्किट बनाएर पर्यटन विकासको ठूलो सम्भावना रहेको भन्दै त्यसको लविङ समेत गरेका थिए । पूर्व प्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा ग्रेटर लुम्बिनी कमिटी नै गठन भएको थियो ।

भारतको रुचि

२०७१ साउन १८को पहिलो नेपाल भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लुम्बिनी दर्शन गर्ने इच्छा अधुरो रहेको भन्दै भारतको बोधगया, सारनाथ, कुशीनगर र नेपालको लुम्बिनीलाई मिलाएर बुद्धिस्ट सांस्कृतिक सर्किटको अवधारणा अघि सारेका थिए । 

सोही वर्ष मंसिर १० मा प्रधानमन्त्री मोदी नेपाल आउँदा लुम्बिनी भ्रमण गर्नुभई बुद्धिस्ट सर्किट बनाउने अवधारणालाई थप उर्जा प्रदान गरेका थिए । विशेषतः भारतले बोधगया, सारनाथ र कुशीनगरसँग जोड्ने गरी करिब सात सय किलोमिटर क्षेत्र समेटेर बुद्धिस्ट सर्किट बनाउने कामलाई तीव्रता दिइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महान्यायाधिवक्ताको व्याख्याले इन्टरनेटमा थप कर लगाउने तर्क खारेज

 चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

रास्वपालाई एमालेको चेतावनी : ‘हाम्रो धैर्यतालाई कमजोरी नठान्नू’

फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर