अनुमति बिनै सरकारले किन टाँग्यो तस्बिर

IMG_20180831_062807

भदौ १५, काठमाडौं – बिमस्टेक सम्मेलनमा आउने पाहुनालाई देखाउन ठाउँ ठाउँमा राखिएका ब्यानरमा प्रयोग भएका तस्बिर फोटो पत्रकारको अनुमतिबिनै प्रिन्ट गरेर टाँगेको समाचार आजको नागरिक दैनिकमा छापिएको छ । 

आफूले खिचेको फोटो अनुमति बिनै सडक छेवैको ब्यानरमा टाँसेको देखेपछि फोटो पत्रकारले त्यसबारे गुनासो गरेका छन् । 

उनीहरुले आफूले दुख गरेर खिचेको फोटो सरकारी निकायले अनुमतिबिनै प्रयोग गरेको आरोप लगाएका छन् ।  

‘तीनकुने पार्कको वरिपरि केही कुमारीका तस्बिर राखिएका छन् । ती तस्बिर मैले खिचेको हुँ ।’ फोटो पत्रकार स्कन्द गौतमले ट्विटमा लेखेका छन् । ‘त्यो फोटो ब्यानरमा अचानक देख्दा छक्क परेँ ।’

अर्का फोटोग्राफर सुदन दोङले पनि आफूले खिचेको फोटो अनुमतिबिनै प्रयोग गरेको गुनासो गरेका छन् । उनले भने, ‘प्रयोग गर्दा एकपल्ट सोधेको भए राम्रो हुने थियो, सरकारी निकाय हो भन्दैमा व्यक्तिगत सम्पत्ति चोर्न पाइन्न, त्यो फोटोमा मेरो पूर्ण हक छ ।’ 

त्यस्तै दिपेश श्रेष्ठले खिचेको गोसाइकुण्डको फोटो तथा केशव थोकर र चन्द्रशेखर कार्कीको फोटो पनि अनुमति वेगर फ्लेक्स ब्यानरमा प्रयोग भएको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महान्यायाधिवक्ताको व्याख्याले इन्टरनेटमा थप कर लगाउने तर्क खारेज

 चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

रास्वपालाई एमालेको चेतावनी : ‘हाम्रो धैर्यतालाई कमजोरी नठान्नू’

फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर