यसकारण भयो कारगेड दुर्घटना !

accident_mtWHovmxgD

भदौ १४,काठमाडौं – सरकारी त्रुटीका कारण बुधबार बिहान भिभिआइपी सुरक्षा कारगेड दुर्घटना भएको छ । बिमस्टेक सम्मेलनमा सहभागी हुन आएका म्यानमारका राष्ट्रपति विन मिन्टको स्कर्टिङका क्रममा कारगेड मोटरसाइकल दुर्घटनामा परेको हो ।

नेपाल प्रहरीले भिभिआइपीको स्कर्टिङका लागि सञ्चालन गर्न नसकिने जनाएका मोटरसाइकललाई सरकारले मर्मत संभार गरेर सञ्चालन गर्न दिएको निर्देशनका कारण प्राविधिक समस्या आएकाले बुधबार बिहानको दुर्घटना त्यसैको परिणाम भएको प्रहरी उच्च स्रोतले जनाएको छ । आजको नागरिक दैनिकको पृष्ठ २ मा यो समाचार छापिएको छ ।

‘बाटो सहज अवस्थामा थियो मोटरसाइकल चालक पनि धेरैपटक भिभिआइपीको मुभमेण्टमा खटिएकाले अनुभवि नै हुन् । तर खास कारण नहुँदा पनि कारगेड दुर्घटनामा पर्यो यसलाई हामीले दुःख मानेका छौँ । अन्तिममा दोष प्रहरीलाई नै आउँछ ।’ नेपाल प्रहरी प्रशासन विभागअन्तर्गत रहेको प्राविधिक निर्देशनालयका उच्च अधिकारीले भने । 

उनका अनुसार, सरकारलाई यो विषयमा जानकारी गराएर ५० वटा मोटरसाइकल किन्नुपर्नेसमेत जनाइएको थियो । तर अर्थ मन्त्रालयले बजेट अभाव देखाएर मोटरसाइकल खरिद रोकेको थियो । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महान्यायाधिवक्ताको व्याख्याले इन्टरनेटमा थप कर लगाउने तर्क खारेज

 चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

रास्वपालाई एमालेको चेतावनी : ‘हाम्रो धैर्यतालाई कमजोरी नठान्नू’

फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर