‘प्रहरीले भाग्न भन्यो, अनि सीधै छातीमा गोली ठोक्यो ! ’

कञ्चनपुर, १० भदौ । शुक्रबार दिउँसो ३ बजे भीमदत्त नगरपालिका १८ भगतपुर शुभकामना टोलका साथी उमेश खुनाका साथी सन्नी खुना काम गरेबापतको आफूले पाउनुपर्ने पैसा माग्न भनी निस्किए ।

उनीहरु बाटोभरि रक्षाबन्धनमा दिदीहरुसँग राखी बाँधी माग्ने र उनीहरुलाई मिठा परिकार खुवाउने कुरा गर्दै ठेकेदारकहाँ पुगे उमेश र सन्नी घरमा मार्बल बिछ्याउने मिस्त्रीको हेल्परका रुपमा काम गर्थे ।

ठेकेदारको घरमा उनलाई नभेटेपछि बजार हुँदै घर फर्कँदै गर्दा ट्राफिक चोक नजिकै घरको छतमा बसेका ८/१० जना प्रहरीले उनीहरुलाई गाली गर्दै भाग्न भने ।

‘भाग्दै गर्दा प्रहरीले गोली हान्यो ।’ सन्नीसँगै रहेका उमेशले भने, ‘सन्नीले अंकल हामी आन्दोलनकारी होइनौं, हामीलाई केही नगर्नुस् भन्दै थियो ।’ अनुनय गर्दागर्दै दुइजना बन्दुकधारी प्रहरीमध्ये एउटाले गोली चलाएको उनले बताए ।

सन्नी ढलेपछि आफू भने डरले भागेको उनले बताए । उमेशले भने, ‘प्रहरीले गाली गर्दै तैं होस् ढुंगा हान्ने भनेर सीधैं छातीमा गोली ठोक्यो ।’ सन्नी र उमेश मिल्ने साथी हुन् ।

सन्नी रक्षाबन्धनमा दिदीबहिनीका लागि मिठोमसिनो खुवाउन भन्दै ठेकेदारसँग काम गरेबापतको पैसा माग्न जान्छु भनेर घरबाट निस्किएको बुवा वीरबहादुर बताए । उनले भने, ‘श्रम गरेको पैसा माग्न गएको छोराको बेलुकी लास देख्नुपर्यो ।’ नागरिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महान्यायाधिवक्ताको व्याख्याले इन्टरनेटमा थप कर लगाउने तर्क खारेज

 चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

रास्वपालाई एमालेको चेतावनी : ‘हाम्रो धैर्यतालाई कमजोरी नठान्नू’

फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर