बिहीबार प्रहरीको गोली लागेर चार युवा घाइते भएपछि कञ्चनपुरका स्थानीयवासी थप आक्रोशित बनेका थिए । यसकारण पनि उनीहरू शुक्रबार आन्दोलन चर्काउने योजनामा थिए । तर, शुक्रबार बिहान पानी परेकाले दिउँसोबाट मात्रै आन्दोलन सुरु भयो । शुक्रबार पनि प्रहरी संयमित बन्न सकेन, गोली नै चलायो ।
बिहीबार कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई तानेर सरकारले नयाँ अधिकारीलाई खटाएको थियो । तर, नयाँ जिम्मेवारीसहित आएका सिडिओ तारानाथ अधिकारी र प्रहरी प्रमुख एसएसपी कुवेर कठायतले परिस्थितिलाई सहज बनाउने पहल गर्न सकेनन् । कठायतले बालिका बलात्कार र हत्या प्रकरणको नयाँ शिराबाट अनुसन्धान हुने बताए पनि शुक्रबार दिउँसोको घटनाले परिस्थिति थप जटिल बनाइदिएको छ ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको १० साउनमा बलात्कारपछि हत्या भएको थियो । स्थानीयले निरन्तर आन्दोलन गर्दै आएका छन् । गत सोमबार प्रहरीले दिलीपसिंह विष्टलाई मुख्य अभियुक्तका रूपमा सार्वजनिक गरे पनि निर्मलाका परिवार र स्थानीयले विश्वास गरेका छैनन् । नयाँ पत्रिकामा खबर छ ।
चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल
फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र
फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर