दीपिका र रणबीर सिंहको विवाहमा मोबाइल फोन नल्याउन आग्रह !

यतिबेला बलिउडमा दीपिका पादुकोण र रणबीर सिंहबीच हुने भनिएको विवाहले निकै चर्चा पाएको छ। उनीहरुको विवाहसँग सम्बन्धित समाचार लगातार आइरहेका छन्। केही दिन अगाडि उनीहरुको विवाहको मिति सार्वजनिक भएको थियो।

deepika-ranveer-

उनीहरुको विवाह इटलीमा २० नोभेम्बरमा हुँदैछ। योसँगै उनीहरुको विवाह गोप्य तरिकाले हुने बताइएको छ। उनीहरुले विवादलाई निजी विषय बनाउन नयाँ तरिका खोजेका छन्।

भारतीय संचारमाध्यमका अनुसार उनीहरुले आफ्नो विवाहलाई निजी बनाउनकालागि इटलीमा विवाह गर्न लागेको बताइएको छ। उनीहरुको विवाह इटलीको कोमो शहरमा हुने भएको छ।

आफ्नो विवाहको गोपनीयता राख्ने क्रममा उनीहरुले विवाहमा आउने पाहुनालाई मोबाइल फोन नल्याउन आग्रह गर्ने भएका छन्। मोबाइलबाट फोटो नखिचुन भनेर उनीहरुले यस्तो आग्रह गर्न लागेको बताइएको छ।  

स्रोतलाई उद्धृत गर्दै भारतीय संचारमाध्यमले जनाए अनुसार दीपिका र रणबीरले विवाहमा आउने पाहुनालाई मोबाइल फोन नल्याउन अपिल गरेका छन्। आफ्नो विवाहको फोटो आफ्ना फ्यानलाई आफूहरुले नै सार्वजनिक गर्ने उनीहरुको योजना रहेको बताइएको छ। 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बिजुलीमा ५ प्रतिशत भ्याट लगाउने निर्णयको विरोध, लाखौँ उपभोक्ता प्रभावित हुने चिन्ता

 जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत

टिकटकको प्रतिबन्ध सबै इन्टरनेटमा खुल्यो

भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको